मास्क नलगाउनेलाई काठमाण्डौ जिल्ला प्रशासनकाे कारबाही, १ सय रुपैयाँ जरिबाना

काठमाण्डाै – मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाण्डौ जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाण्डौको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाण्डौको सुन्धारामा रहेकाे सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका सहाय...