कपिलवस्तुमा पहिलोपटक डायलाइसिस सेवा सञ्चालनमा आएको छ । डायलाइसिस सेवा शुभारम्भ भएपछि कपिलवस्तुका साथै अर्घाखाँची, प्युठान, गुल्मीका मिर्गौला बिरामीका लागि सहज भएको छ । मिर्गाैला बिरामीका लागि सुरु गरिएको यो सेवा कपिलवस्तुमै...
जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलाइसिस गरेको हो। गुल्मीमै डायलाइसिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ।
धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।
नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला डायलाइसिस युनिटको क्षमता विस्तार गरिएको छ । यसअघि एउटा इमरजेन्सीसहित चारवटा डायलाइसिस मेसिनबाट सेवा दिइरहेको युनिटमा हाल ६ वटा मेसिन थप गरी सेवा विस्तार गरिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले आइतबार डायलाइसिस सेवा कक्षको उद्घाटन गरेपछि थपिएका डायलाइसिस मेसिनसमेत सञ्चालनमा आएका छन् । भेरी अस्पतालका हेमोडायलाइसिस युनिट प्रमुख डा. […]
खजुरा– बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग […]
मकवानपुरमा मृगौलासम्बन्धि समस्या भएका बिरामीका लागि डायलाइसिस सेवा सकसपूर्ण छ । पर्याप्त डायलाइसिस मेसिन नहुँदा मकवानपुरका मृगौलासम्बन्धि समस्या भएका बिरामीहरुले सहजै डायलाइसिस सेवा पाएका छैनन् । सरकारीस्तरमा हेटौंडा अस्पताल र...
बाग्मती प्रदेश सरकारको सहयोगमा धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । शनिबार एक समारोहका बीच बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न जति जटिल थियो उत्तिकै सेवालाई गुणस्तर बनाउन जटिल छ । अस्पतालमा सुरु गरिएको डायलाइसिस सेवा गुणस्तरीय र भरपर्दाे बनाउन उद्घाटन समारोलाई सम्बोधन […]
धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलाइसिस सेवा विस्तार गरिएको छ। यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलाइसिस मेसिन (डाइलोजर) अस्पताललाई पठाएको थियो।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सोमबारबाट डायलाइसिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेटौंडा डायलाइसिस केन्द्रको उद्घाटन गरेका हुन्। मिर्गौला रोगीहरुको लागि निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालका रजिष्ट्रार राजेश प्रसाईँले बताए। सेवा सुरु भएपछि सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा विभिन्न स्थानमा धाउँदै आएका मकवानपुरमा रहेका ५३७ जना मिर्गौला रोगीको बाध्यताको अन्त्य भएको
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिएको छ । पर्साको तिलझप्टीका ५५ वर्षीय पुरुषको डायलाइसिस गरिएको हो । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि संक्रमितको पहिलोपटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका डा. निरज सिंह (जुनियर) र नर्स मधु चौरसियाले दिउँसो ३ बजेतिर संक्रमितको डायलाइसिस गरेका थिए । सोमबार […]