को हुन् सर्वोच्चको निर्णयबाट नेकपा फिर्ता लैजाने ऋषि कट्टेल?
कट्टेल पूराना कम्युनिष्ट नेता हुन्। उनी २०४७ सालमै एमाले गोरखा जिल्ला अध्यक्ष थिए। तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल २०५० साल जेठ १ मा पोखराको कार्यक्रममा सँगै गएका थिए।
२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता निष्क्रिय पारेर अधिनायकवाद लाद्ने योजना असफल पारिदिएको टिप्पणी गरेका छन् ।
मंगलबार विज्ञप्ति निकालेर उनले सर्वोच्चको फैसलाप्रति खुशी …
काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लगाउँदै ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नै वैधानिक भएको फैसला गरेको छ।सर्वोच्चले वैधानिकता ऋषि कट्टेललाई मात्रै दिएन, २०७५ साल जेठ ३ गते एकता गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि अलग-अलग पार्टी बनाइदिएको छ। सर्वोच्चको फैसला अनुरुप दुई पार्टी मिलेर बनेको नेकपा अब साविककै एमाले र माओवादीको अस्तित्वमा विभाजित भएको छ।सोमबार साँझ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले स्था
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।
सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।
नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै...
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक दिएसँगै नेपालको राजनीति तरंगीत भएको छ। यो सँगै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ।
नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलाको आलोचना गरेका छन् । उनले फैसलामा आफूहरुको गम्भीर असहमति रहेको भन्दै थप कुरा भोलि बस्ने स्थायी समिति बैठकबाट आउने बताए ।
‘
सर्वोच्च अदालतको आजको फैसला अस्वभाविक ,संविधान एवं कानूनको बर्खिलाप, राजनीतिक आग्रहप्रेरित र गलत छ। हाम्रो गम्भीर असहमति । थप कुरा भोलि बस्ने स्थायी कमिटीको वैठकबाट’, श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् ।
सर्वोच्चले नेकपाको आधिकारिकताबारेको विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई वैधता दिएको छ ।
नेकपाको नाम विवादमा सर्वोच्च अदालतले सुनाएको फैसला दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतवार अदालतले ऋषि कट्टेल नेतृत्वको दललाई नेकपा नाम दिएर आधिकारिक रूपमा फैसला सुनाएको थियो ।
अदालतको फैसलासँगै सत्तारूढ नेकपाको नाम खारेज भएको थियो भने साविकको एमाले र माओवादी केन्द्र ब्युँतिनेसमेत फैसलामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् आयोगको प्रेस विज्ञप्ति -
प्रेस बिज्ञप्ती
सम्मानीत सर्वोच्च अदालतको च.नं.२२७३ मिति २०७७।११।२३ को मुद्दा नं. ०७५-WO-०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यू...