सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले सुनाएको फैसला दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आइतवार अदालतले ऋषि कट्टेल नेतृत्वको दललाई नेकपा नाम दिएर आधिकारिक रूपमा फैसला सुनाएको थियो । अदालतको फैसलासँगै सत्तारूढ नेकपाको नाम खारेज भएको थियो भने साविकको एमाले र माओवादी केन्द्र ब्युँतिनेसमेत फैसलामा उल्लेख गरिएको छ । हेर्नुहोस् आयोगको प्रेस विज्ञप्ति - प्रेस बिज्ञप्ती सम्मानीत सर्वोच्च अदालतको च.नं.२२७३ मिति २०७७।११।२३ को मुद्दा नं. ०७५-WO-०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यू...

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतले आइतबार गरेको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेकपा विवादमा सर्वोच्चको फैसला निर्वाचन आयोगमा

निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आइतबार गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ ।

BREAKING : सर्वोच्चको फैसला– साविक एमाले र माओवादी केन्द्र ब्युँतियो !

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो । साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ । पुन: एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुन: जानुपर्ने पनि फैसलामा उल्लेख छ ।​ हेर्नुहोस्, फैसलाको अंश : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ...

सर्वोच्चको फैसला टुंगो छैन, ओलीको चुनावी दाैडधुप!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिएर फर्किए। ओली निर्वाचन आयोगबाट फर्किएलगत्तै राष्टपति भेट्न शितलनिवास पुगे। राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले करिब एक घण्टा कुराकानी गरेका राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले  जानकारी दिए। उनले राष्टपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा नियमित भेटवार्ता गरेको बताए। तर ओलीले