सामान्यतया अदालतको फैसला अनुमान गर्न सकिँदैन । तर तथ्य, प्रमाण, कानून र संविधानको आधारमा कुनै पनि विद्वान व्यावसायिक अधिवक्तालाई मुद्दा लेख्दै गर्दा नै म यो मुद्दा हार्छु कि जित्छु भन्ने अलिअलि ज्ञान हुन्छ ।
तर नेपालको कानून, भगवान नै जानुन् भन्ने आधुनिक युक्तिलाई आत्मसात गर्ने हो भने ऋषि कट्टेल, रञ्जन कोइराला, इम्बोस्ड नम्बर प्लेट, एनसेल लाभकर छलि, नेकपा नाम विवादसम्बन्धी प्रचण्डको पुनरवलोकन, कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आदिमा भने निर्णयहरू अप्रत्याशित थिए भन्ने आवाजहरू सुनिएका थिए अनि अनलाइनका भित्ताहरूमा यस सम्बन्ध...