डिजिटल नेपालको नाम लिँदा धेरैले इसेवा, फोनपे जस्ता कम्पनीलाई सम्झने गर्छन् । तर यी कम्पनी जन्माउने माउ कम्पनी एफवान सफ्टका विषयमा भने आम सर्वसाधारणको चासो अलि कम देखिन्छ ।
डिजिटल नेपालको प्रयावाची नै मानिने एफवान सफ्ट नेपालको अग्रणी आइटी कम्पनी हो ।
१८ वर्ष अघि शुरू भएको एफवान सफ्ट कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ ।
कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले डिजिटल प्रविधिको निर्माण गरेको छ ।
एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हा...