काठमाडौं।वैदेशिक रोजगार बोर्डको सचिवालयले एकवर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायतास्वरुप ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार २४३ परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको एउटा परिवारलाई बोर्डले बढीमा सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको छ।