सुदीप देवकोटा
पिपल फोरमले लामो समयदेखि वैदेशिक रोजगार पीडितलाई निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आएको छ ।
वैदेशिक रोजगारीको क्रममा ठगिएका व्यक्ति, विदेशमा गएपछि करार अनुसारको काम तथा पारिश्रमिक नपाएका व्यक्ति र आर्थिक सहायता पाउनुपर्ने वैदेशिक रोजगार पीडितलाई पिपल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गर्छ ।
यस्तै पिपल फोरमले मुद्दा लेख्ने कामहरूमा पनि सहयोग गर्छ । व्यक्तिगत ठगीका हकमा जाहेरी लेख्नेदेखि अदालतमा मुद्दा चल्दाकाे प्रक्रियामा पिपल फोरमले सहयोग गर्छ । इजाजत प्राप्त म्यानपावर कम्पनील...