काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन आउन थालेको छ ।
आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था भएसँगै गएको एक वर्षमा तीन सयभन्दा बढी व्यक्तिको बैंक खातामा नै आर्थिक सहायता पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
त्यसअघि आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालयमा आफैँ आउन पर्ने अवस्था थियो । तर पछिल्लो समय बोर्डले प्रदान गर्ने सेवाहरू अनलाइन प्रणालीमा गएपछि पालिकाबाटै आवश्यक कागजातसहित निवेदनहरू आउन थालेका छन् । गए...