काठमाण्डौ – आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा गएका १२ सय ४२ जनाको गन्तव्य देशमै ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार विभिन्न २७ देशमा १२ सय ४२ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदी अरबमा रहेको छ । साउदीमा एक वर्षमा ३ सय ६२ जनाको ज्यान गएको छ । साउदीपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या सबैभन्दा धेरै मलेसियामा रहेको छ । मलेसियामा १ महिला र २७९ पुरुष गरी २८० जनाको ज्यान गएको ।
मलेसियापछि ज्यान गुमाउनेको सङ्ख्या कतारमा रहेको छ । कतारमा ...