सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको उजुरी गरेपछि आयोगबाट खटिएको टोलीले सो रकमसहित गत भदौ १८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनका ल