३० हजार घुस लिएको अभियोगमा रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौँमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना […]

सम्बन्धित सामग्री

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रत

सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध मुद्दा

वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका पाण्डे पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।