घुस लिएको आरोपमा सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

२ भदौ, काठमाडौं । घुस लिएको आरोपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सवइन्जिनियर राजन पासवानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार विशेष सूचनाको आधारमा सेवाग्राहीसँग […]

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख पचास हजार रुपैयाँ पनि बरामद भएको थियो । उनीसँग भ्रष्टाचार नि

नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चाबहिल १ नम्बर नापी टोली, बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध १ लाख रुपैयाँ जरिमाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुदा पनि दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले […] The post नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वेक्षक र अमिन विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टविरुद्ध विशेष अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेको छ । जग्गाको हालसाबिक गर्ने क्रममा एक लाख रुपैयाँ घुस लिएको भन्दै नापी कार्यालय, चाबहिल १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक के.सी. र अमिन भट्टविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता […]

मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आयोगको आरोप छ । विशेष सूचनाको आधारमा अख्तियारको टोलीले […]

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

घुस लिने वडा सचिव शाहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं–जग्गा नामसारी गर्न सिफारिसको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवमाथि मुद्दा दायर गरेको छ। बारा जिल्लाको कोल्हवी नगरपालिका,  नं. ११ वडा कार्यालयमा कार्यरत वडा सचिव (नासु) विनोद प्रसाद साहले सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले बुधबार मुद्दा चलाएको हो। आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट […]

प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध […]

घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।