काठमाडौं । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएपछि नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।
सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सम्पूर्ण सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र...