कोरोना संक्रमित बालकको मृत्यु भएपछि दमकको एडभान्स अस्पतालमा तोडफोड

झापा – एक बालकको मृत्यु भएपछि झापाको दमकस्थित एडभान्स अस्पतालमा तोडफोड गरिएको छ। उपचारका लागि अस्पताल ल्याएका बालकको मृत्यु भएपछि बालकका आफन्तले दमकको एडभान्स अस्पताल तोडफोड गरेका हुन्। कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृत्यु भएको थियो। बालक खड्कालाई शुक्रबार अस्पताल ल्याइएको थियो। उपचारका क्रममा कोरोनाको एन्टिजेन […]