के हुन्छ ? जब गर्भावस्थामा एन्टिबायोटिक औषधि खाइन्छ

गर्भावस्थाको नौ महिना निकै संवेदनशील हुन्छ । यस अवधिभर आमा र बच्चा दुवै स्वस्थ रहन आमाले धेरै कुरामा सावधानी अपनाउनुपर्छ । यसमा खानपानदेखि औषधिसम्मका कुरामा ध्यान दिनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहबिना औषधि खानु आमा र बच्चाकै लागि जोखिम हुन सक्छ । त्यसोभए गर्भावस्थाको बेला स्वास्थ्य समस्या देखिएर औषधि खानु परे के गर्ने ? गर्भास्थामा स्वास्थ्य […]

सम्बन्धित सामग्री

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

काठमाडौं। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनकपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले चिकित्सकले लेखेर दिएको औषधि मात्रै प्रयोग गर्न सुझाएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताए । एन्टिबायोटिक औषधिको दुरुपयोगलाई कडाइका साथ रोक्नुपर्ने उनको भनाइ थियो । सामान्य जानकारीका आधारमा पसलबाट सहजै एन्टिबायोटिक औषधि ल्याएर प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असरसँगै यसका कारणबाट मृत्युसमेत हुन सक्ने बताए ।  उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दीर्घकालीन रोगलाई निम्तो दिइएकाले यस किसिमको कार्यलाई निरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजीवकुमार झाले औषधि पसलमा सहजै एन्टिबायोटिक औषधि भेटिनु नै मानवजीवनको मुख्य चुनौती रहेको बताए । उनले अहिलेदेखि नै एन्टिबायोटिक प्रयोग न्यूनीकरण गरिएमा मानव स्वास्थ्यका लागि आउने दिनमा ठूलो समस्याबाट बच्न सकिने बताए ।

मासुजन्य खाद्यमा एन्टिबायोटिक प्रयोगप्रति अन्तर्राष्ट्रिय चासो

ठूला खाद्य कम्पनीहरूलाई लगानीकर्ताले एन्टिबायोटिक औषधि प्रयोग गरिएका मासुजन्य खाद्यान्न रोक्न दबाब दिन थालेका छन्। यस्तो दबाब खास गरी कुखुरा र जनावरको मासु उत्पादकहरूमा बढेको फाइनान्सियल टाइम्सले जनाएको हो।...

जथाभावी एन्टिबायोटिक सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर

जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यसचिव डा. प्रमोद यादवले एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि...

गर्भावस्थामा डेंगु देखिन्छन् यस्ता समस्या

डेंगु संक्रमणले गर्भवती र पेटभित्रको शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्र्दैन । तर, एन्टिबायोटिक औषधि सेवन गर्न नमिल्ने भएकाले संक्रमण हुँदा गर्भवतीलाई निकै गाह्रो हुन्छ । संक्रमण जटिल बन्दै गएपछि शरीर दुख्ने, टाउको...

सुन्दा समान्य ठूलो छ खराबी, भिरिङ्गीसँग नगरौं खेलाची

काठमाडौं। सिफिलिस नेपालमा व्याप्त रहेको यौनरोग हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ। डा.सुबोध कुमार पोखरेलका अनुसार केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ। उनीहरुको यौन अङ्ग वरपर घाउ देखिन्छ। भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने उनी बताउँछन्।

नेपालमा जथाभाबी एन्टिबायोटिक प्रयोग, सङ्कटमा स्वास्थ्य

चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पुर्जीबिना नै ब

स्टेरोइड र एन्टिबायोटिक औषधि जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सुझाव दिएका हुन् । स्टेरोइड र एन्टिबायोटिक्स स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखापर्ने उनको भनाइ छ । जथाभावी स्टेरोइड र एन्टिबायोटिक्सको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको

क्यान्सरबाट जोगिन सचेत रहौँ

काठमाडौँकी अनिता श्रेष्ठ स्तन क्यान्सर रोगी हुन्। पाँच वर्ष पहिले उनको स्तनमा सानो गिर्खा देखापर्‍यो । त्यसको पाँच छ महिनासम्म त्यत्तिकै बसिन्। अस्पताल उपचार गराउन जाँदा डेढ महिनासम्म एक वरिष्ठ चिकित्सकले यो केही होइन भन्दै एन्टिबायोटिक औषधि दिएर पठाए । त्यस औषधिले समेत काम नगरेपछि नेपाल क्यान्सर अस्पतालमा गई परीक्षण गराउँदा उनलाई स्तन क्यान्सर भएको पुष्टि भयो । सुरुमा त धेरै डर लागेको थियो भन्दै श्रेष्ठले थपिन्, “अस्पतालमा चिकित्सकलाई भेटेपछि उहाँहरूलाई जीवन सुम्पिएँ । त्यसैले अहिलेसम्म बाँचिरहेकी छु ।' मनव...

केमोथेरापी एन्टिबायोटिक जस्तै हो : डा शाही

केमोथेरापी भनेको क्यान्सरको एन्टिबायोटिक औषधि भएकाले बिरामीलाई नडराउन चिकित्सकले आग्रह गरेका छन्।

एन्टिबायोटिक औषधि खाँदा जिब्रोमा रौँ पलायो !

काठमाडौं । अमेरिकामा एउटा डरलाग्दो घटना भएको छ । कार दुर्घटनापछि उपचारका क्रममा एन्टिबायोटिक औषधि सेवन गरेकी एकजना महिलाको जिब्रोमा रौँ पलाएपछि सबै अचम्ममा परेका छन् । ५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा …