स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सुझाव दिएका हुन् । स्टेरोइड र एन्टिबायोटिक्स स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखापर्ने उनको भनाइ छ । जथाभावी स्टेरोइड र एन्टिबायोटिक्सको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको