एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

काठमाडौं। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनकपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले चिकित्सकले लेखेर दिएको औषधि मात्रै प्रयोग गर्न सुझाएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताए । एन्टिबायोटिक औषधिको दुरुपयोगलाई कडाइका साथ रोक्नुपर्ने उनको भनाइ थियो । सामान्य जानकारीका आधारमा पसलबाट सहजै एन्टिबायोटिक औषधि ल्याएर प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असरसँगै यसका कारणबाट मृत्युसमेत हुन सक्ने बताए ।  उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दीर्घकालीन रोगलाई निम्तो दिइएकाले यस किसिमको कार्यलाई निरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजीवकुमार झाले औषधि पसलमा सहजै एन्टिबायोटिक औषधि भेटिनु नै मानवजीवनको मुख्य चुनौती रहेको बताए । उनले अहिलेदेखि नै एन्टिबायोटिक प्रयोग न्यूनीकरण गरिएमा मानव स्वास्थ्यका लागि आउने दिनमा ठूलो समस्याबाट बच्न सकिने बताए ।

सम्बन्धित सामग्री

‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का

‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ ।

नेपाल टेलिकम : मजबुत वित्तीय अवस्थाका बीच सुस्ताएको बिजनेस

२९ पुस, काठमाडौं । बढ्दो सामाजिक सञ्जालको प्रयोग र सहजताले नेपाल टेलिकमको बिजनेसमा सुस्तता देखिएको छ । पछिल्ला ५ वर्षलाई हेर्दा टेलिकमको बिजनेस बढ्न सकेको छैन, बिजनेस नबढ्ने तर सञ्चालन खर्च बढ्दा नाफा समेत खुम्चिने गरेको छ । टेलिफोन र इन्टरनेट सेवा शुल्क कम्पनीका लागि मुख्य आम्दानीको स्रोत हो । पछिल्लो समय समाजिक सञ्जालको बढ्दो […]

संस्कृतिका नाममा बालबालिका र हतियारको प्रयोग हुँदा बोल्दैन प्रशासन

सडकमा गाडी रोक्ने, बालबालिकाको प्रयोग, व्यक्ति तथा व्यवसायीसँग गैरकानुनी रूपमा आर्थिक संकलन गर्ने प्रचलन बढ्दा प्रशासन मौन बसेको शाक्यको भनाइ छ ।

माटोमा अम्लियपना बढ्दा रैथाने खेती नासिँदै

तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग हुन्थे ।कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खेबाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताए । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन

अर्थतन्त्रमा नीतिगत औजारको रूपमा ब्याजदरको प्रयोग

मुद्रा एवम् वस्तु बजार दुवैलाई प्रभाव पार्ने भएकाले शास्त्रीय अर्थशास्त्रीहरूको समयदेखि नै ब्याजदरप्रति चासो रहँदै आएको हो । ब्याजदर र बचतबीच विपरीत सम्बन्ध रहन्छ । अर्थात् ब्याजदर बढ्दा बचत बढ्ने र ब्याजदर घट्दा बचत पनि घट्ने गर्छ । पछिल्लो समय बचतमा वृद्धि गरी वित्तीय क्षेत्रमा देखा परेको तरलता संकट र मुद्रास्फीतिको प्रभावलाई कम गर्ने उद्देश्यले […]

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

काठमाडौं, साउन २६ । सरकारले बजेटमार्फत बिजुलीको उत्पादन बढाएर खाना पकाउने ग्यासको आयात कम गर्ने लक्ष्य राखे पनि एक वर्षमा आयात करिब दोब्बरले बढेको छ । बजारमा ग्यासको माग बढ्दा आयातमा वृद्धि भएको हो । मुलुकमा एक वर्षको अवधिमा ग्यासको आयात रकम दोब्बरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरको […]

डिजेल बढ्दा सिँचाइ महँगो, किसान चिन्तित

कैलाली, असार ७ । सिँचाइका लागि पर्याप्त योजना नहुँदा कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा डिप बोरिङ र पम्पसेटबाट पानी तानेर कृषि कर्म गर्दै आएका छन्। खेतीपातीका लागि आवश्यक सिँचाइ गर्न पम्पसेटमा इन्धनको प्रयोग आवश्यक पर्छ। त्यही इन्धन (डिजेल) को मूल्यवृद्धिले गर्दा सबैभन्दा बढी मारमा किसान पर्न थालेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी […]

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ना (नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो । तराईको २० वटा जिल्ला र पहाडका ३२ वटा जिल्लाको नमूना संकलन गरी अनुसन्धान गर्दा माटो तटस्थ अवस्थामा नभएको पाइएको हो । माटो तटस्थ अवस्थामा…

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

ललितपुर । रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो ।