काठमाडौँकी अनिता श्रेष्ठ स्तन क्यान्सर रोगी हुन्। पाँच वर्ष पहिले उनको स्तनमा सानो गिर्खा देखापर्यो । त्यसको पाँच छ महिनासम्म त्यत्तिकै बसिन्।
अस्पताल उपचार गराउन जाँदा डेढ महिनासम्म एक वरिष्ठ चिकित्सकले यो केही होइन भन्दै एन्टिबायोटिक औषधि दिएर पठाए । त्यस औषधिले समेत काम नगरेपछि नेपाल क्यान्सर अस्पतालमा गई परीक्षण गराउँदा उनलाई स्तन क्यान्सर भएको पुष्टि भयो ।
सुरुमा त धेरै डर लागेको थियो भन्दै श्रेष्ठले थपिन्, “अस्पतालमा चिकित्सकलाई भेटेपछि उहाँहरूलाई जीवन सुम्पिएँ । त्यसैले अहिलेसम्म बाँचिरहेकी छु ।'
मनव...