जथाभावी एन्टिबायोटिक सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर

जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यसचिव डा. प्रमोद यादवले एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि...

सम्बन्धित सामग्री

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

काठमाडौं। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनकपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले चिकित्सकले लेखेर दिएको औषधि मात्रै प्रयोग गर्न सुझाएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताए । एन्टिबायोटिक औषधिको दुरुपयोगलाई कडाइका साथ रोक्नुपर्ने उनको भनाइ थियो । सामान्य जानकारीका आधारमा पसलबाट सहजै एन्टिबायोटिक औषधि ल्याएर प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असरसँगै यसका कारणबाट मृत्युसमेत हुन सक्ने बताए ।  उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दीर्घकालीन रोगलाई निम्तो दिइएकाले यस किसिमको कार्यलाई निरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजीवकुमार झाले औषधि पसलमा सहजै एन्टिबायोटिक औषधि भेटिनु नै मानवजीवनको मुख्य चुनौती रहेको बताए । उनले अहिलेदेखि नै एन्टिबायोटिक प्रयोग न्यूनीकरण गरिएमा मानव स्वास्थ्यका लागि आउने दिनमा ठूलो समस्याबाट बच्न सकिने बताए ।

‘जथाभाबी एन्टिबायोटिक औषधिको सेवनले विरामीको स्वास्थ्यमा प्रतिकुल असर’

जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोगले विरामीहरुमा नकारात्मक असर परिरहेको स्वास्थ्यसम्बन्धी विज्ञहरुले बताएका छन्। युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियलजस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो ।

एन्टिबायोटिकको जथाभावी प्रयोग स्वास्थ्यका लागि हानिकारक

काठमाडौँ । के तपाईंले चिकित्सकसँगको परामर्शबिनै एन्टिबायोटिक औषधि सेवन त गर्नुभएको छैन ? यदि त्यसो हो भने सावधान ! चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर हुन सक्छ । पछिल्लो समय ...