चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पुर्जीबिना नै ब