नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा धेरैभन्दा धेरै रकम खर्च गर्न नसके चुनाव जित्नै नसक्ने अवस्था आउन सक्ने बताएका छन् । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनलेे बताएका हुन् ।