भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आगामी आमनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिने योजना बनाएकी छन् ।
प्रमुख विपक्षी दल कांग्रेस एकदमै कमजोर भइरहेको बेलामा आफ्नो तृणमूल कांग्रेसले चमत्कार गर्न सक्ने आशा ममताले लिएकी छन् । राहुल गान्धीको अकर्मण्यता र पूर्णकालिक राजनीतिमा अरुचिका कारण विपक्षी गठबन्धनको नेतृत्व लिने सम्भावना छैन । त्यसैले कांग्रेसको विकल्प बनेर मोदीलाई चुनौती दिने सपना ममताले पालिरहेकी छन् ।
तीनपटक पश्चिम बंगालको विधानसभा निर्वाचन जितेकाले ममतामा आत्मविश्वास भरिएको...