राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ ।
दाङमा यथार्थ विवरण संकलनका लागि २ चरणमा जनगणनाको काम शुरू गरिएको छ ।
जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय निर्धारण गरिएको थियो । कोरोनाका कारण तोकिएको समयमा जनगणनाको काम शुरू हुन सकेन ।
सरकारले पुनःदेशभर एकैपटक जनगणना थालेअनुसार दाङमा पनि यसको थालनी गरिएको छ । जनगणना गर्दा पहिलो चरणमा हरेक घरपरिवारको विस्तृत विवरण सुपरिवेक्षकले गर्नेछन् । सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फार...