वर्तमान अवस्थाको यथार्थ पृष्ठभूमि
निरंकुश पञ्चायती व्यवस्थालाई विस्थापित गरी बहुदलीय व्यवस्थाको पुन:स्थापना गर्ने २०४६ सालको जनआन्दोलनद्वारा आम नेपाली जनताले आफ्नो समृद्धि निर्माण र राष्ट्रिय स्वतन्त्रताको उत्थानको आकांक्षा राखेका थिए । तर २०४७ सालको संविधान कार्यान्वयन जनताको आकांक्षाअनुसार भएन ।
राजनीतिक दलहरूका बीचमा तीव्र एवं गहिरो मतान्तर, सत्ता आकांक्षा र निहित स्वार्थ, अवाञ्छित तथा अनैतिक प्रतिस्पर्धा र भ्रष्टाचारको प्रवृत्तिहरू घनीभूत भए । विदेशी शक्तिका स्वार्थले राष्ट्रिय राजनीति प्रभावित हुन गयो र आर्थिक विकास र सामाज...