निरन्तर एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिबारे यतिखेर अभिमतीय लेख–रचनाको बाढी नै आएको छ। कालो बादलमा चाँदीको घेरा भनेझैं यो गतिरोध चिन्तन–मन्थन–प्रकाशनको एउटा अवसर नै भएको छ। तर सुन्नुपर्नेले नसुनेपछि धेरैजसो यो अरण्यरोदनमै सीमित रहन बाध्य छ।विवादास्पद, कठिन र जोखिमपूर्ण परिस्थितिबाट हुनेसम्म तर्किन चाहनु एउटा कुरा हो तर काँशी जाने भन्दै कुतीतिर लगियो भने रसुवा पुग्नासाथ जसरी होस् अबिलम्ब फर्किनैपर्छ। जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनैपर्ने कठिनाइ जस्तै।