बैशाख २०, काठमाडौं । महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको लेखापरीक्षण अन्तरराष्ट्रिय बजारमा विश्वासिलो नभएको बताएका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै शर्माले उक्त कुरा बताएका हुन् ।
'नेपालको लेखापरीक्षण अन्तरराष्ट्रिय बजारमा विश्वासिलो छैन । यो दुखको कुरा हो ।' उनले भने ।
लेखा व्यवबायीबाट राज्यले के अपेक्षा गरेको छ ? पूरा गर्न के गर्नु पर्ला ? भन्ने प्रश्न गरेका दंगालले हाम्रो कार्य प्रणाली, लेखा परीक्षकको काम गर्ने शैली र कार्य गर्ने क्षमतामा प्रश्न रहेको बताए ।
समाजले अहिले पारदर्शिता खोजिरहेको भन्दै राज्यका निकायले फाइलिङ नमिलेको कुरा लेखापरीक्षकले देखाउनु पर्ने बताए । ‘फाइल मिलाएको हामीले देखाउँने हैन् । जहाँ बिग्रिएको छ त्यो कुरा हामीले देखाउनु पर्छ । तपाईं हाम्रो कर्तब्य पनि त्यही हो,’ दंगालले भने ।