काठमाडौँ – महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ। महालेखा परीक्षक टंकमणि शर्माले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम महालेखा परीक्षक शर्माले राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।