आर्थिक अनुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका: महालेखा परीक्षक

काठमाडौँ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा महालेखा परीक्षक शर्माले वित्तीय सुशासन प्रवद्र्धनमा दत्तचित्त भएर लाग्न सम्बद्ध लेखा व्यवसायीलाई आग्रह गरे । मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्नतर्फ […]

सम्बन्धित सामग्री

लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड : महालेखापरीक्षक शर्मा

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती ललितपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा विविध कार्यक्रम गरी मनाइएको छ । मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ०५३ मा स्थापित संस्थाको वार्षिकोत्सव तथा रजत जयन्ती उद्घाटन अध्यक्ष युद्धराज ओलीले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सीए ओलीले आव २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसअघिको नेतृत्वले देखाएको बाटोलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले संस्थाको वार्षिकोत्सव तथा रजत जयन्ती अवसरमा प्रकाशित स्मारिका तथा रणनीतिक योजना विमोचन गरे । मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ लाग्न सम्बद्ध लेखा व्यवसायीलाई उनले आग्रह गरे । महालेखापरीक्षक शर्माले लेखा व्यवसायका लागी आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरे । मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्र्न लेखा व्यवसायीले ध्यान दिनुपर्ने खाँचो उनले औंल्याए । मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रविधिबाट हुने गरेको उल्लेख गर्दै लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन उनले सुझाए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तीर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हालगायतले विविध पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिमा उत्कृष्ट योगदान पुर्‍याउने अन्तरिम तथा प्रथम परिषद् अध्यक्ष स्व. कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषद्का अध्यक्षत्रय सीए जगन्नाथ उपाध्याय निरौला, कृष्णप्रसाद आचार्य र मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो । संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घ सेवापदक प्रदान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण र संवर्द्धन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित स्वायत्त र नियमनकारी निकाय हो ।