प्रविधिले अघि बढेको शेयरबजारः १ वर्षमा १ हजार ४६३ विन्दु माथि उक्लियो

काठमाडौं, बैशाख १ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको शेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेप्से परिसूचक २ हजार ७१४ दशमलव […]

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : आर्थिक विकासमा धितोपत्र बजार

धितोपत्र बजारबाट सरकारले राम्रै आम्दानी गर्दै आएको छ । विगत १० आर्थिक वर्षको तथ्यांक हेर्दा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट एकै वर्षमा साढे १५ अर्ब रुपैयाँभन्दा बढीसम्म पूँजीगत लाभकर संकलन गरेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७०/७१ देखि आव २०७९/८० सम्मको तथ्यांकलाई आधार मान्दा सरकारले आव ०७७/७८ मा सबैभन्दा बढी १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । त्यसपछिको वर्ष २०७८/७९ मा सरकारले १० अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको छ । यी दुई आव धितोपत्र बजार सरकारका लागि मात्र होइन, लगानीकर्ताका लागि समेत फलदायी बनेको थियो । त्यसपछिको आव २०७९/८० मा भने सरकारले २ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी मात्र पूँजीगत लाभकर प्राप्त गरेको छ ।  विश्वव्यापी कोरोना महामारीको असर नेपालमा २०७६ साल चैत महीनादेखि परेको थियो । कोरोनाका कारण जनजीवन घरभित्र मात्र सीमित हुँदा देशका सबै व्यावसायिक क्षेत्र प्रभावित बनेका थिए । उक्त समयमा अनलाइन प्रविधिसँग जोडिएकाले धितोपत्र बजार भने चलायमान बन्यो । देशका सबै व्यावसायिक क्षेत्र अस्तव्यस्त बन्दा सरकारले धितोपत्र बजारबाट उक्त समयमा राम्रो आम्दानी गर्न सफल भएको थियो । कोभिडको जोखिमका बीच धितोपत्र बजारका लगानीकर्ताबाट संकलित लाभकर सरकारका लागि महत्त्वपूर्ण आम्दानी बन्न सकेको थियो । कोभिड महामारीमा सरकारी आम्दानीको मुख्य स्रोत नै धितोपत्र बजार बनेको स्मरण यतिबेला लगानीकर्ता गर्छन् । सबै व्यापार व्यवसाय छोडेर कोभिडबाट बच्न घरभित्र बस्न बाध्य नेपालीहरूले आम्दानीको क्षेत्र बनाएकाले पनि उक्त समयमा धितोपत्र बजारले ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको लगानीकर्ता डम्बरुवल्लभ घिमिरे बताउँछन् । ‘सरकारी जागिरेबाहेक त्यस समय अन्यको आम्दानी हुने सम्भावना नै थिएन,’ उनी भन्छन्, ‘धितोपत्र बजारलाई नै आम्दानीको क्षेत्र बनाएका आफूजस्ता धेरै लगानीकर्ताको सक्रियताकै कारण कोभिड महामारीका बीच नेपाली जनतासँगै सरकारसमेत आम्दानी बढाउन सफल भएको हो ।’ जब बजार बढ्छ स्वाभाविक रूपमै लगानीकर्ता उत्साहित हुन्छन् अनि सरकारको समेत आम्दानी बढ्छ । घिमिरे भन्छन्, ‘बजार बढेकै वर्ष सरकारको आम्दानीसमेत बढेको तथ्यांक रहेकाले यो क्षेत्रको गतिलाई निरन्तरता दिने खालका नीतिमा सरकारले जोड दिन आवश्यक छ ।’ धितोपत्र बजारमात्र त्यस्तो क्षेत्र हो जसको वृद्धिले जनता मात्र होइन, सरकारको समेत आम्दानी बढ्ने ठोकुवासमेत घिमिरेले गरेका छन् ।  तथ्यांकलाई केलाउँदा नेप्से परिसूचक बढेको वर्ष सरकारको कर संकलनसमेत बढेको देखिन्छ । आव २०७०/७१ को अन्त्यमा १ हजार ३६ दशमलव ११ विन्दुमा नेप्से परिसूचक बन्द भएको नेप्सेको तथ्यांकले देखाउँछ । अघिल्लो आव ०६९/७० को अन्त्यमा ५१८ दशमलव ३३ विन्दुमा बन्द भएको नेप्से परिसूचक उक्त आव ५१७ दशमलव ७८ अंकले बढेको थियो । आव २०७०/७१ मा सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट ७४ करोड ३५ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो । आव २०७१/७२ मा भने सरकारले ८१ करोड ५३ लाख रुपैयाँ यो क्षेत्रबाट कर उठाएको देखिन्छ । यस वर्ष नेप्से परिसूचक ९६१ दशमलव २३ विन्दुमा बन्द भएको थियो । आव ०७२/७३ मा नेप्से परिसूचक बढेर १ हजार ७१८ दशमलव १५ विन्दुमा पुग्यो । उक्त वर्ष सरकारले १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी कर संकलन गरेको थियो । आव २०७३/७४ मा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी, आव २०७४/७५ मा ४७ करोड रुपैयाँभन्दा बढी, आव २०७५/७६ मा ६४ करोड रुपैयाँभन्दा बढी र आव २०७६/७७ मा ९८ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गर्न सरकार सफल भएको थियो । नेप्से परिसूचकको अवस्थालाई हेर्दा आव २०७३/७४ मा १ हजार ५८२, आव २०७४/७५ मा १ हजार २१२ दशमलव ३६, आव ०७५/७६ मा १ हजार २५९ दशमलव शून्य २ र आव २०७६/७७ मा १ हजार ३६२ दशमलव ३५ विन्दुमा रहेको थियो । हालसम्मको इतिहासमा नेप्से परिसूचकले सर्वाधिक ३ हजार २०० विन्दु पार गरेको छ । २०७८ साल भदौ २ गते नेप्सेले हालसम्मकै ऐतिहासिक विन्दु पार गरेको थियो । सो समयमा नेपालको धितोपत्र बजारको कुल पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कायम रहेको थियो । २०८० साल साउन मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख रुपैयाँभन्दा बढी कायम छ ।  नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साल साउन १ गतेदेखि लागू भएको पाइन्छ । आयकर ऐन– २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरीद गर्ने खरीदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरीद मूल्य मानेर आफ्नो लगानी विक्रीवाट प्राप्त लाभमा अग्रिम पूँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो । हालको व्यवस्थामा लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने हुन्छ ।  हालको व्यवस्थाअनुसार धितोपत्र दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ भने व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ । व्यक्तिगत लगानीकर्ताका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरिएको छ । एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम धितोपत्र कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्पकालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

सम्पादकीय : प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय पक्षसँग केही विषयमा सम्झौता र केहीमा सहमति भएको छ । नेपालले अपेक्षा गरेका केही विषयमा भारतले चासो नदिए पनि भ्रमणमा केही महत्वपूर्ण काम भएका छन् । फुकोट कर्णाली र अरुण तल्लोमा आयोजना विकास सम्झौता भएको छ । विद्युत् निर्यातका लागि भएको सहमति र सम्झौता सकारात्मक मान्न सकिन्छ ।  प्रधानमन्त्री दाहालको भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताए । त्यसो हुन सके यो सकारात्मक उपलब्धि हुनेछ । भारतमा विक्रीका लागि बाटो खुल्यो भने लगानीकर्तालाई ढुक्कसँग नेपालको जलविद्युत्मा लगानी गर्न आकर्षित गर्न सकिन्छ । भारतको बाटो भएर बंगलादेशलाई बिजुली बेच्न नेपालले पहल गरेको केही समय भएको छ । बंगलादेश बिजुली किन्न र नेपालमा लगानी गर्नसमेत इच्छुक छ । यसमा भारतीय पक्षको सहयोग आवश्यक पर्छ । प्रधानमन्त्रीको भ्रमणमा भारत यसका लागि तयार भएको पनि समाचार आएको छ । त्यसैगरी न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास पनि गरिएको छ ।  नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महीनाभित्र टुंगो लगाउने सहमति भएको समाचार पनि छ । २७ वर्षअघि सम्झौता भएर पनि काम अघि बढ्न नसकेको यस आयोजनाबारे अन्योल हट्नु आवश्यक छ । त्यस्तै भैरहवाबाट हवाई प्रवेश विन्दु दिन पनि भारतसँग सम्झौता हुन सकेन तर गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आईएलएस अवतरणको सुविधा खुला गर्ने घोषणा भएको छ । यसले खराब मौसममा विमान अवतरण गर्न सहज हुनेछ । यसको कार्यान्वयनका लागि नेपालको सक्रियता बढी महत्वपूर्ण हुने देखिन्छ ।  भारत र नेपालबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहमति भएको छ । नेपाली व्यवसायीहरूले लामो समयदेखि यसको माग गर्दै आएका थिए । यसबाट भारतमा अध्ययन वा उपचारका लागि जाने नेपालीलाई सहज हुनेछ भने भारतीय पर्यटकका लागि पनि सहज हुनेछ ।  पारवहन सन्धिको नवीकरण पनि भएको छ । यसबाट भारतले गंगा नदीमा विकास गरेको आन्तरिक जलमार्गको पहुँच नेपालले पनि पाउने बताइन्छ । यस मार्गबाट नेपालले आयात निर्यात गर्न सक्नेछ ।  सम्झौता नभएका तर छलफलमा सहमति जुटेका वा थप अध्ययन गर्ने भनिएका विषय पनि छन् । यी विषय नेपालका लागि निकै महत्वपूर्ण छन् । यिनमा कुन तहको सहमति भएको हो र भारतीय पक्षको आशय के हो भन्ने स्पष्ट खुलेको छैन । नेपालको प्रस्ताव पन्छाउनकै लागि यसो भनिएको पनि हुन सक्छ । अथवा यसमा उसको कुनै विशेष आशय पनि हुन सक्छ । तर, एक प्रकारको सहमति भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयनमा लैजान नेपालले सक्दो पहल गर्नुपर्छ । अन्यथा सम्झौता हुने तर कार्यान्वयन गर्ने बेलामा विभिन्न बहाना खोज्ने भारतीय प्रवृत्ति पुनरावृत्ति नहोला भन्न सकिँदैन ।  कुनै पनि सम्झौता कार्यान्वयनमा हस्ताक्षरकर्ता दुवै पक्ष उत्तिकै इमानदार र सक्रिय हुनुपर्छ । भारतसँग एकीकृत भन्सार चौकी निर्माणलगायतमा भएका सहमतिमा नेपालले आफूले गर्नुपर्ने काम नगर्दा विलम्ब भएको तथ्य पनि छ । त्यसैले नेपाल सहमति र सम्झौता कार्यान्वयनमा आफू पनि सक्रिय हुनुपर्छ र भारतलाई पनि झकझक्याइरहनुपर्छ । सम्झौता भएपछि विरोध गर्नेको जमातले पनि कार्यान्वयनमा अवरोध पुर्‍याएको देखिन्छ । त्यसैले भावनात्मक कुरा गर्नुभन्दा व्यावहारिक बनेर सम्झौता कार्यान्वयनमा मुलुकमा समान धारणा बन्न आवश्यक छ । अहिलेका सम्झौता त्यतिबेला उपयोगी भएको मानिन्छ, जतिबेला कार्यान्वयन हुन्छन् र जनताले त्यसको लाभ लिन थाल्छन् ।

‘प्रोफेसर’ छोराहरूका बुबा ६३ वर्षमा पठाओ चलाउँदै

आज काम विशेषले नयाँ बानेश्वर पुगेको थिएँ । घर फर्कदा राति भइसकेकाले पठाओ बुक गरें । बुक गरेको १ मिनेटमै नचिनेको ‘अननोन’ नम्बरबाट फोन आयो– नानी कहाँनिर हुनुहुन्छ ? त्यो फोन गर्ने व्यक्ति पठाओ चालक हुनुहुन्थ्यो । मैले आफू रहेको स्थान बताए । त्यसको ४–५ मिनेटमा पठाओ चालक त्यहाँ आइपुग्नुभयो ।  पठाओ चालक पाको उमेरको व्यक्ति हुनुहुन्थ्यो । यो कुरा पठाओ चालकलाई आफ्नो ठाउँको बारे जानकारी दिँदा नै मैले शंका गरिसकेको थिएँ । किनकि उहाँ (पठाओ चालक)ले मलाई ‘नानी’ भनेर सम्बोधन गर्नुभएको थियो । सँगै भएको साथीलाई पनि मैले त्यतिबेलै पठाओ चालक पाको मान्छे हुनुहुन्छ भनेको थिएँ ।  ००० पठाओ पुगेपछि गन्तव्यतिर लाग्यौं । मलाई उहाँसँग कुरा गर्न मन लाग्यो । र, सोधे– ‘बाबा’, कति बर्ष हुनुभयो ? उहाँ पाको उमेरको भएकाले मैले उहाँलाई ‘बाबा’ भनेर सम्बोधन गरेको थिएँ । उहाँले हास्दै भन्नुभयो– नानी, म ६३ वर्षको भएँ । मैले फेरि सोधें– ६३ वर्ष भइसक्दा पनि पठाओ चलाइरहनुभएको छ त रातिसम्म, हजुरको घरमा कोही छैन ?  उहाँले आफ्नो बेलिविस्तार लगाउनुभयो– नानी, मेरो नाम धनबहादुर श्रेष्ठ हो । मेरो घर धरान हो । अहिले काठमाडौंको कुनै स्कुलमा क्यान्टिन चलाउँछु । मेरो ४ जना छोराछोरी छन् । सबैको विवाह भइसक्यो । छोराहरू कलेज पढाउँछन् भने छोरीहरू क्यान्टिनमा सहयोग गर्छन् ।  श्रीमतीलाई ४ स्टेजको क्यान्सर छ । सकुन्जेल छोराछोरीको कमाइ लिन नपरोस् भन्ने हिसाबले पठाओ चलाइरहेको छु । अहिले मैले दिनको ३ हजार रुपैयाँ कमाउँछु । छोराहरूले देशको लागि केही गरुन् भन्ने मेरो इच्छा छ ।  उहाँको कुरा सुनेर खुसी हुने कि दुःखी ? ठम्याउनै सकिनँ । तर, मेरा आँखा रसाए । मैले मनमनै भगवानसँग उहाँको लामो आयु र सदैव स्वास्थ्य लाभको कामना गरें । यो पोस्ट उहाँको छोराहरूसम्म पुगे उहाँहरूसँग एउटा अनुरोध– कृपया, तपाईंहरूको बाबाको इच्छा पूरा गरिदिनु होला ।  ००० घर पुगियो । घर पुगेपछि उहाँलाई सँगै फोटो खिच्न आग्रह गरें । उहाँले मान्नुभयो । र, भन्नुभयो– मेरो कथाले कसैलाई प्रेरणा मिल्छ भने फोटो मात्रै हैन, फेसबुकमा पोस्ट राखे पनि हुन्छ । मलाई पनि लाग्यो– यो कथाले पक्कै पनि प्रेरणा मिल्नेछ !  – विन्दु थापा परियार  (सामाजिक सञ्जालकाे सामग्री सम्पादन गरिएको)

न्यू बिजनेश एज २२औं वार्षिकोत्सव विशेष: प्रविधिले अघि बढेको पूँजी बजार

काठमाडौं । कुनै बेला धितोपत्रको प्राथमिक र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न लामो लाइन हुन्थ्यो । पछिल्लो समय आधुनिक प्रविधिको विकासले यी सबै समस्या समाधान भइसकेका छन् । धितोपत्रको दोस्रो बजारमा पूर्ण अनलाइन प्रणाली २०७५ कात्तिकदेखि शुरू भएको हो । प्राथमिक बजार भने २०७४ सालमा आस्बा प्रणाली शुरू भएसँगै पूर्ण अनलाइन प्रणालीमा गइसकेको थियो । दोस्रो बजार अनलाइन प्रणाली शुरू भएसँगै लगानीकर्ता कारोबारका लागि हरेक दिन ब्रोकर कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।  यसका साथै शेयर खरीद र विक्रीको काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा सम्भव भएको छ । शुरुआती समयमा स्टक एक्सचेन्ज भेला भएर भीडमा तँछाडमछाड गर्दै बोलकबोल प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ हुँदै आएकोमा अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय रूपमा राफसाफ हुन्छ । त्यस्तै प्राथमिक शेयर निष्कासनमा आवेदन दिन बिहानदेखि बेलुकासम्म घन्टौं लाइन बसेका भुक्तभोगी धेरै छन् । सोही शेयर बाँडफाँटका लागि ३ महीना लाग्थ्योे । कुनै पनि कम्पनीको हकप्रद शेयर भर्न, बोनस लिन राजधानीमै आउनुपर्ने हुन्थ्यो । उपत्यकाबाहिरका लगानीकर्ताले हकप्रद शेयरको आवेदन भर्न र बोनस शेयर लिन राजधानी आउँदा आफूले पाएको प्रतिफलभन्दा बढी खर्च गर्नुपर्ने अवस्था थियो । प्रविधिको विकाससँगै यी काम संसारको जुनसुकै ठाउँबाट गर्न सकिन्छ । त्यस्तै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आस्बा प्रणालीपछि सी–आस्बा कार्यान्वयन गरेसँगै शेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैंकमा धाउनुपर्ने बाध्यता सकिएको छ । पूर्ण कार्यान्वयनमा आएको सी–आस्बा प्रणालीले अनलाइनका माध्यमबाट लगानीकर्ताले संसारको जुनसुकै कुनाबाट पनि आईपीओ, एफपीओ र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाइरहेका छन् । धितोपत्र बजार प्रविधिको विकाससँगै अघि बढ्दा पछिल्लो ५ वर्षमा बजारका सूचकहरूमा निकै परिवर्तन देखिएका छन् । पाँच आर्थिक वर्षको नेप्सेको प्रवृत्ति हेर्दा १ हजार ३३८ दशमलव १७ विन्दुबाट बढेर ३ हजार २०० विन्दु पार गरेको देखिन्छ । नेप्सेले ऐतिहासिक विन्दु कायम गर्नुमा प्रमुख कारण प्रविधि हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण देशभरका सबै व्यावसायिक क्षेत्र बन्द रहँदा पूर्ण प्रविधिमा आधारित धितोपत्र दोस्रो बजार भने सञ्चालनमै रह्यो । शुरूका दिनमा केही समय दोस्रो बजार बन्द भए पनि कोभिड महामारीबीच घरभित्र सीमित जनजीवनबाट पनि धितोपत्र दोस्रो बजार सञ्चालनमै रह्यो । कोभिडको अवधिमा देशका अन्य व्यावसायिक क्षेत्र बन्द रहँदा सरकारको आम्दानीको मुख्य स्रोत धितोपत्रको दोस्रो बजार बनेको देखिन्छ । प्रविधिको विकास, विस्तारले गर्दा अन्य लगानीका क्षेत्रहरू बन्द हुँदा कोभिडको समय अर्थात् आव २०७७/७८ मा पूँजीबजारबाट सरकारलाई १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको थियो । पाँच आवमा कुल ९ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्ममा पूँजी बजारबाट सरकारलाई २७ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । (तालिका हेर्नुहोस् ।) नयाँ स्टक एक्सचेन्ज आएपछि भित्रिने प्रविधि अब नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउने तयारीमा रहेको छ । यसबाट लगानीकर्ताले पूँजी बजारमा धेरै प्रविधि भित्रिने अपेक्षा गरेका छन् । नयाँ आउने स्टक एक्सचेन्जले नयाँ प्रविधिबाट कारोबार गर्न मिल्ने अक्सन मार्केट, इन्ट्राडे, सर्टसेल कारोबारलाई कार्यान्वयनमा ल्याउन सके नेपालको शेयरबजार पनि अन्तरराष्ट्रिय स्तरको हुने देखिन्छ ।  हामीले प्रविधिका कुरा गरिरहँदा प्रविधि कत्तिको सुरक्षित छ भन्ने बहस गर्नु जरुरी रहेको धितोपत्रविज्ञ तथा अधिवक्ता ज्योति दाहाल बताउँछन् । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीकै वेबसाइट ह्याक भएको छ । ‘नयाँ प्रविधि भित्रिनुपर्छ, तर त्यसमाथि हुन सक्ने हमला रोक्न कत्तिको सफल छौं भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ,’ दाहालले भने । हाम्रो पूँजी बजारमा पनि प्रविधिको विकास विस्तारै हुँदै छ । नयाँ प्रविधि भित्र्याउनु पनि पर्ने र यस्ता किसिमका नयाँ प्रविधि ल्याउँदा आम लगानीकर्तालाई राम्रोसँग बुझाउनुपर्ने उनको भनाइ छ ।  प्रविधिमा हामी पछि नै छौं । हामी विधिमै पछि छौं, विधि भएपछि मात्रै प्रविधि बन्ने हो । पूँजी बजारको विकास र विस्तारका लागि प्रविधिको निकै महत्र्वपूर्ण भूमिका हुन्छ । इन्टरनेट, सफ्टवेयर, प्रोग्राम र ट्रेडिङ सफ्टवेरहरू ‘फेयर’ हुनुपर्ने अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल बताउँछन् । शेयर ट्रान्सफर संयन्त्र लगायत धेरै वित्तीय प्रडक्ट ल्याउनुपर्ने उनको भनाइ छ । यसका लागि राम्रो विधि चाहिन्छ । राम्रो विधि बनेसँगै प्रविधि आउने हो । पूँजी बजारमा संरक्षण र विश्वास नै छैन । यी सम्पूर्ण विषयमा बुझाउनु जरुरी छ । अब निजीक्षेत्रको नयाँ स्टक एक्सचेन्ज आउँदै छ । यसबाट हामीले अहिलेको भन्दा राम्रो र गुणस्तरीय प्रविधिको अपेक्षा गर्न सकिन्छ । गुणस्तरीय प्रविधि भित्रिएसँगै पूँजी बजारमा नयाँ आयाम थपिने देखिन्छ ।

तनहुँका स्थानीय तहको बेरुजु ३२ करोड, कुन स्थानीय तहको कति ?

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २७७÷७८ मा रु ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहको बेरुजु रकम उक्त आर्थिक वर्षमा रु ३२ करोड ४० लाख ९४ हजार रहेको छ ।दश स्थानीय तहको रु १२ अर्ब ७६ करोड २२ लाख ५० हजारको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विन्दु विष्टले जानकारी दिए । जिल्लाका स्थानीय तहको गत आर्थिक वर्ष भन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ ।

नेप्से २७ % घट्दा राष्ट्रियस्तरका विकास बैंकको शेयरमूल्य औसत २०% घट्यो

काठमाडौं । एक वर्षको अन्तरालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ प्रतिशत घटेको छ । गतवर्ष (२०७८ जेठ २० गते) र चालू वर्ष (२०७९ जेठ २०) गतेको नेप्से परिसूचकलाई तुलना गर्दा एक वर्षको अवधिमा नेप्से परिसूचक २७ दशमलव २३ प्रतिशत घटेको छ । गतवर्षको जेठ २० गते २ हजार ८५६ विन्दुमा रहेको नेप्से परिसूचक एक वर्षपछि चालू वर्षको जेठ २० गते २ हजार ७८ विन्दुमा झरेको छ । एक वर्षको अवधिमा परिसूचक ७७८ अंक तल झरेको छ ।  तर, यही एक वर्षको बीचमा नेप्से परिसूचक बढेर ३२ सय विन्दु पार गरेको थियो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । उक्त दिन नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसयता नेप्से परिसूचकले उक्त विन्दु भेट्टाउन सकेको छैन । बजारमा तरलता अभाव बढ्दै गएकोले नेप्सेमा त्यसको प्रत्यक्ष प्रभाव परेको जानकार बताउँछन् । नेप्से परिसूचक घटेसँगै अहिले अधिकांश कम्पनीको शेयरमूल्य पनि सस्तिएको छ । कतिपय कम्पनीको शेयरमूल्य सस्तिएर गतवर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा किन्न सकिने अवस्था आएको छ । तर, लगानीकर्तासँग पर्याप्त पैसा नहुँदा मौकाको फाइदा उठाउन सक्ने अवस्था छैन । यसै क्रममा एक वर्षको अवधिमा राष्ट्रियस्तरका आठओटा विकास बैंकको पनि शेयरमूल्य २० प्रतिशत घटेको छ । गतवर्ष २०७८ जेठ २० गतेको तुलनमा अहिले राष्ट्रियस्तरका विकास बैंकहरू लुम्बिनी, शाइन रेसुङ्गा, ज्योति, मुक्तिनाथ, कामना सेवा, गरिमा, सांग्रिला र महालक्ष्मी विकास बैंकको शेयरमूल्य औसत २० दशमलव २१ प्रतिशत घटेको हो । शेयरमूल्य सबैभन्दा बढी घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकको एक वर्षको अवधिमा शेयरमूल्य २५ दशमलव ४० प्रतिशत घटेको छ । गतवर्षको जेठ २० गते यो बैंकको शेयरमूल्य ४९६ रुपैयाँ रहेकोमा हाल ३७० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।  शेयरमूल्य बढी घट्ने दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकको २४ दशमलव ९४ प्रतिशत शेयरमूल्य घटेको छ । गतवर्ष यो बैंकको शेयरमूल्य ४२१ रुपैयाँ रहेकोमा यो वर्ष ३१६ रुपैयाँमा शेयर खरीदविक्री भइरहेको छ ।  त्यसैगरी शेयरमूल्य सबैभन्दा कम घट्नेमा महालक्ष्मी विकास बैैंक रहेको छ । यो बैंकको शेयरमूल्य एक वर्षको अन्तरालमा ८ दशमलव १५ प्रतिशतमात्र घटेको छ । गतवर्षको जेठ २० गते ४०५ रुपैयाँ भएको यो बैंकको शेयरमूल्य एक वर्षमा ३३ रुपैयाँ मात्र घटेको छ । हाल यो बैंकको ३७२ रुपैयाँमा शेयर खरीदविक्री भइरहेको छ ।  प्रतिशतमा शेयरमूल्य बढी घट्नेमा लुम्बिनी विकास बैंक भए पनि रुपैयाँमा सबैभन्दा बढी शेयरमूल्य घट्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकको शेयरमूल्य एक वर्षमा १२९ रुपैयाँ घटेको छ । गत वर्षको जेठ २० गते ५६६ रुपैयाँमा शेयर कारोबार भएकोमा यो वर्षको २० गते भने यो बैंकको शेयरमूल्य ४३७ रुपैयाँ कायम भएको छ ।  पछिल्लो समय कारोबार रकम पनि दिन प्रतिदिन घट्दो क्रममा रहेको छ । बजार घटेसँगै लगानीकर्ता आत्तिएर बाहिरिने हुँदा कारोबार रकममा कमी आउन थालेको हो । एक वर्षकै बीचमा २१ अर्बसम्मको शेयर कारोबार भएकोमा अहिले दैनिक साढे १ अर्बको हाराहारीको शेयर कारोबार हुने गरेको छ ।

पेटीएम ७७८ करोड रुपया नोक्सानीमा, पेटीएमबाट के शिक्षा लिने ?

माघ २२, काठमाडौं । केहि महीना अघिमात्र प्रारम्भिक शेयर निष्कासन(आईपीओ) गरेको भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको खुद नोक्सानी बढेर वर्ष सन् २०२१ को अन्तिम त्रैमासमा ७७८ करोड भारुतीय रुपया(भारु) पुगेको छ । जवकि कम्पनी अघिल्लो आर्थिक वर्षमा ५३२ करोड रुपया नोक्सानीमा थियो । कम्पनीले भारतको अहिलेसम्मकै ठूलो आईपीओमा २ अर्ब ५० करोड डलर उठाएको थियो । आईपीओ जारी गरी मुम्बई स्टक एक्सचेञ्ज(बीएसई) मा सूचीकृत पछि गत सेप्टेम्बरमा जारी अर्को त्रैमासमा भने कम्पनी ४८२ करोड खुद नोक्सानीमा थियो । कम्पनीको शेयर मूल्यको वस्तुस्थिति आईपीओ जारीपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर अहिले सामान्य मूल्य मात्र वृद्धि भएको अवस्था छ । कम्पनीको शेयरमूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो । र योक्रम पछिसम्म गरेर कम्पनीको शेयरमूल्य ४० प्रतिशले घटेको थियो । तर अहिले पनि कम्पनीको शेयरमूल्य अझै पनि अंकित मूल्यभन्दा ५० प्रतिशतले कम नै छ । कम्पनीको शेयरमूल्य अलटाइम न्यूनतम विन्दु प्रतिकित्ता ८७५ दशमलव ७५ भारु र अलटाइम उच्च विन्दु १ हजार ९६१ दशमलव शून्य ५ भारु रहेको छ ।  हाल कम्पनीको शेयरमूल्य स्टक मार्केट डेब्यूपछि शून्य दशमलव ९१ प्रतिशतले बढेर प्रतिकित्ता ९५३ दशमलव २५ भारु पुगेको छ । कम्पनीको अधिकृत पूँजी ६१ हजार ७९६ दशमलव ६९ करोड भारु रहेको छ । उक्त कम्पनीमा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्ट बैंकलगायतका लगानी रहेको छ । कम्पनीको आईपीओ अगाडि नै भारतीय कम्पनीहरुले आईपीओमार्फत १० अर्ब ५० करोड डलर उठाइसकेका छन् ।  कम्पनीको शेयर लगातार घट्नु तथा उत्साहजनक व्यापार गर्न नसकि उच्च घाटामा जानुलाई कतिपय बजार विश्लेषकहरुले अझै केहि समयसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव र  व्यापार घाटा कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ । मुनाफामुलक बन्नेतर्फ लामो बाटो, उच्च मूल्यांकन र चर्को प्रतिस्पर्धालगायत तत्वका कारण विश्लेषकहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । अहिले कम्पनीमा १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्  । वन ९७ कम्युनिकेशनका मालिक विजय शेखर शर्माले सन् २०१० को अगस्टमा भारतको राजधानी दिल्लीमा विद्युतीय माध्यमका उपकरणबाट भुक्तानी तथा ट्रान्सफरको कारोबार सञ्चालन गरी नगद कारोबारलाई कम गराउने उद्देश्यबाट पेटीएम प्रालि २ मिलियन अमेरिकी डलरको लगानीमा स्थापना गरेका थिए ।  के शिक्षा लिने ? आधुनिक विद्युतीय माध्यमबाट गरिने कारोबार सहज र सुरक्षित रूपमा सञ्चालन गर्न धेरै लगानी गर्नुपर्छ । तर, यसलाई कम आम्दानी हुने व्यावसायका रूपमा लिइन्छ । विद्युतीय कारोबारको पहुँच विस्तारमा रणनीतिक कमजोरी हुँदा कम्पनीले आशा गरेअनुरुप नाफा गर्न नसकी घाटा व्यहोरिरहेको छ । नेपालमा वालेटमार्फत गरिने कारोबार भने भर्खरै मात्र भुक्तानी प्रणाली शुरू भएको छ । केन्द्रीय बैंकले पछिल्लो समयमा विद्युतीय माध्यमबाट गरिने कारोबारलाई गैरबैंकिङ क्षेत्रबाट समेत सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी सञ्चालन स्वीकृति प्रदान गरेको छ । नेपालमा अनुमतिप्राप्त केही कम्पनी केन्द्रीय बैंकले अख्तियार गरेको नीतिअनुरूप कारोबार विस्तार गर्न सफल भएको पनि देखिएको छ । । तर, अन्य कम्पनी भने शुरुवाती विन्दुमा नै अलमलिइरहेको जस्तो देखिन्छ ।  एक दशकको अवधिमा भारतमा पेटीएम कम्पनीले कारोबारको पहुँच वृद्धिमा गरेको प्रयासलाई नेपालका भुक्तानी सेवा प्रदायकहरूले अनुसरण गर्दा सेवा विस्तारमा सहयोग पुग्न सक्छ । तर, भुक्तानी सेवाप्रदायक कम्पनीहरुले उपयुक्त किसिमको व्यावसायिक निरन्तरता योजना र बजार विस्तार रणनीति तर्जुमा गर्न आवश्यक छ । एजेन्सीको सहयोगमा

मार्जिन कर्जाका कारण प्रभावित शेयर बजार : के भन्छन् सरोकारवाला ?

असोज ४, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका बीच हालसम्मकै उच्च विन्दु कायम गरेको शेयर बजार पछिल्लो समय भने घट्दो क्रममा रहेको छ ।  भदौ ३१ गते बिहीवार नेपालको शेयर बजार २ हजार ८१२ दशमलव ३८ विन्दुमा कायम भएको छ । १ हजार १०० विन्दुदेखि उकालो लागेको नेपालको शेयर बजारले ३ हजार २०० विन्दु पार गरेको थियो । नेप्से परिसूचकले भदौ २ गते हालसम्मकै उच्च ३ हजार २२६ दशमलव ८९ विन्दुसम्म पुगेर ३ हजार १९८ दशमलव ६० को अन्तिम विन्दु कायम गरेको  थियो ।उच्च विन्दुदेखि बजार १२ प्रतिशतले घटिसकेको छ । चालू आर्थिक वर्षदेखिनै दिर्घकालिन र अल्पकालिन लगानीकर्ताको लागि छुट्टा छुट्टै पूँजीगत लाभकरको व्यवस्था लागू भएपनि लगानीकर्ताहरुको उत्साह कायमै रहेको थियो । शेयर कारोबारबाट नाफा हुँदा अल्कालिन लगानीकर्ताहरुले ७ दशमलव ५० प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था सरकारले यसै वर्षको बजेट मार्फत गरेको हो । यस अघि अल्पकालिन र दिर्घकालिन दुबै प्रकारका लगानीकर्ताहरुले एकै अनुपातमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष पूँजीगत लाभकर अल्पकालिन लगानीकर्ताहरुका लागि २ दशमलव ५ प्रतिशत विन्दु अर्थात्  ५० प्रतिशत वृद्धि भएको हो । पूँजीगत लाभकरलाई सहज रुपमा स्वीकारेका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमालाई भने कठिन रुपमा लिएको देखियो । राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा एक वर्षभित्र कायम गर्न निर्देशन दिएसँगै बजारमा विक्री चाप देखिएको हो । यतिबेला भने असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर बढाएर लागू गरेका छन् । मार्जिन कर्जाका कारण प्रभावित बन्दै आएको बजार बैंक ब्याजदरका कारण थप प्रभावित होला भन्ने विषयमा  सरोकारवाला के भन्छन् त ? प्रस्तुत छ, सरोकारवालाको भनाइ : भरत रानाभाट  पूर्व अध्यक्ष, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल  विगत डेढ वर्षमा नेपालको शेयर बजारले ऐतिहासिक रेकर्डहरु कायम गरेको छ । कोभिड महामारीका बीच जनजीवन अस्तव्यस्त भएको अवस्थामा गति लिएको बजार पछिल्लो समय केहि कारोबार दिन प्रभावित बन्दैमा आत्तिनुपर्ने अवस्था छैन । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश नेपाल राष्ट्र बैंकको नीतिबाट प्रभावित हुने भएकाले केहि समय नीतिगत प्रभाव देखिएको हो । पछिल्लो समय बैंकहरुमा तरलता अभाब भई ब्याजदर बढेका कारण लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था भने छैन् । यतिबेला रेमिट्यान्स बढ्ने समय हो भने सरकारी खर्च रोकिदा बैंकमा तरलता कम भएको हो । सरकारी बजेट निकासा भएसँगै बजारमा तरलता थपिने र ब्याजदरमा परिवर्तन आउने सम्भावना देख्छु । दुर्गा तिवारी  महासचिव, नेपाल इन्भेष्टर्स फोरम  - ठूला लगानीकर्ताहरुबाट विक्री चाप बढ्ने गरी राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा तोकेकाले बजार केहि समय प्रभावित बन्यो । मौद्रिक नीतिमा आएको उक्त व्यवस्था परिमार्जन हुने आशामा रहेका लगानीकर्ताहरुलाई झनै निरास बनाउने गरी मार्जिन कर्जाको सीमा एक वर्ष वा नविकरणको मितिदेखि कायम गर्न निर्देशन आएसँगै तत्काल नविकरण गर्नुपर्ने लगानीकर्ताहरु शेयर विक्री गर्न सक्रिय भएका हुन् । तर यतिवेला मार्जिन कर्जा सीमाबाट प्रभावित हुने लगानीकर्ताहरुले शेयर विक्री गरिसकेको जस्तो लाग्छ । आगामी दिनमा मार्जिन कर्जाकै कारण शेयर विक्रीको चाप भने नआउला । यस अघिका वर्षहरुमा पनि यो समयमा तरलता अभाव भई ब्याजदर वृद्धिको कारण बजारमा असर परेकाले यसलाई क्षणिक समस्याको रुपमा मैले लिएको छु । संरक्षणा चौधरी  अध्यक्ष, नेपाल पूँजीबजार संघ  - रातारात धनी बन्छु वा कमाउछु भनेर आउनेका लागि पक्कै पनि पूँजीबजार उपयुक्त छैन । विगत केहि समयदेखि निरन्तर बढीरहेको बजारमा विभिन्न अस्त्र प्रयोग गरि घटाउन लागि परेको प्रष्टै देखिन्छ । चाहे त्यो नेपाल धितोपत्र बोर्डबाट आएको ५१ ओटा कम्पनीको सूची होस या राष्ट्र बैंकबाट व्यवस्था भएको रू. १२ करोडको मार्जिन कर्जा सीमा । ढिलो चाडो यी कुराहरुबाट प्रभावित भई बजार आफ्नो गतिमै फर्किनेछ । बजार निरन्तर बढेकोले पनि करेक्सन आवश्यक थियो । मार्जिन कर्जाको सीमाका कारण बजार घटिरहेको भनेता पनि यस्का अलवा बजारमा छोटो समयका लागि ट्रेड गर्नेले प्रोफिट बुक गर्नु, निषेधाज्ञा खोलिनु, अन्य क्षेत्रका व्यवसायीहरु आफ्नो व्यवसायतर्फ फर्किनु जस्ता कारणले पनि बजार प्रभावित भएको पाइन्छ । अहिले ब्याजदर वृद्धिका कारण बजार घटेको भन्ने कुरा पक्कै हैन । बजारमा लामो समयदेखि रहनेहरुका लागि ब्याजदरले असर गरेको छैन । तर पछिल्लो समय नयाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि तथा बिना अध्ययन लगानी गरेकाहरुलाई भने बजारसँग सम्बन्धित हरेक साना कुराले प्रभाव पारेको देखिन्छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट