एक वर्षमा शिवम् सिमेन्टको साढे १६ अर्बको शेयर खरीदविक्री : ९ महीनामा कमायो ६५ करोडभन्दा बढी नाफा

जेठ १३, काठमाडौं । शिवम् सिमेन्टको एक वर्षको अवधिमा रू. १६ अर्ब ५३ करोड ९३ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार उक्त रकम बराबरको १ करोड १८ लाख ३२ हजार ४४३ कित्ता शेयर कारोबार भएको हो । यस वर्ष हालसम्मकै २९ प्रतिशत लाभांश वितरण गरेको कम्पनीको शेयरमूल्य एक वर्षमा प्रतिकित्ता रू. १ हजार ५० ले घटेको छ ।  एक वर्ष अघि रू. १ हजार ९१० रहेको कम्पनीको शेयरमूल्य पछिल्लो कारोबार दिन रू. ८६० कायम भएको हो । गत वर्ष भदौ २ गते नेप्सेले ऐतिहासिक ३ हजार २०० विन्दु पार गरेको थियो । पछिल्लो समय नेप्से परिसूचक २ हजार २२३ दशमलव ७८ विन्दुमा झरेको छ । धितोपत्र दोस्रो बजार घटेसँगै कम्पनीको शेयरमूल्यमा पनि असर परेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले रू. ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ९३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो ।  गत वर्ष रू. ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो । कुल खर्च भने गत वर्ष रू. ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ ।  शेयर प्रिमियम रकम रू. ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रू. ३  अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ७६ रहेको छ ।

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको मेगा लक्की-ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न भएको छ।

शिवम् सिमेन्टको उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले ग्राहकका लागि ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त कुपन स्क्र्याच गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम […]

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।...

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।...

शिवम् सिमेन्टको शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार सञ्चालन गर्न स्वीकृति पाएसँगै शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । शिवम होल्डिङ्स […]

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्गस पब्लिक कायम

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्गस कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो ।शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्व रहेको छ भने शिवम् होल्डिङ्गसले चिनियाँ लगानी समेत रहेको होङशी शिवम् सिमेन्टको संस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चि

होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]

काठमाडौंलाई शिवम् सिमेन्टको साथ

इपिएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। एभरेस्ट प्रिमियर लिगअन्तर्गत काठमाडौँ किङ्स इलेभेनमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरका रूपमा आबद्ध हुनेछ।...