खेल अर्थतन्त्र : राज्यको काम जित्नेलाई पुरस्कार दिने मात्रै, पूर्वाधार बनाउन छैन चासो

काठमाडौं । नेपाली क्रिकेटजगत् जति रोमाञ्चक छ, यसको अर्थशास्त्र त्योभन्दा कैयौं बढी निराशाजनक । नेपाली टोलीले अन्तरराष्ट्रिय प्रतियोगिताको उपाधि चुम्दा सिंगो राष्ट्रले विश्वसामु गर्व गर्ने अवसर पाउँछ, प्रत्येक नेपालीले आफू अग्लिएको महसूस गर्छ । अरू बेला खेलाडी र खेल पूर्वाधारको चिन्ता न राज्यले गर्छ न त अरू कसैले । यसैको नतिजा हो– खेलाडी पलायन । गतिलो खेलमैदानसम्म त नभएको देशमा के पाइन्छ भनेर बसून् त खेलाडी । खेल पूर्वाधार त अपर्याप्त छँदै छ, खेलाडीको पारिश्रमिक पनि नाममात्रको छ । खेलाडीको पारिश्रमिकमा न खेलाडी सन्तुष्ट छन्, न खेलप्रेमी । खेलकुद क्षेत्र हेर्न सरकारले खेलकुद मन्त्रालय नै गठन गरे पनि उसले वर्षमा उत्कृष्ट खेलेर जित्नेलाई कार्यविधि बनाएर सम्मान गर्नेबाहेक अरू केही गरेको छैन । सरकारले कार्यप्रगतिका आधारमा थोरै बजेट दिने गरेको छ भने नेपाल क्रिकेट संघ (क्यानं) ले इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी), एशियन क्रिकेट काउन्सिल (एसीसी)ले गरेको सहयोगबाट खेल सञ्चालनदेखि केही राष्ट्रिय खेलाडीलाई तलब खुवाउनेसम्मको काम गरिरहेको छ । खेलकुद प्रतियोगिता सञ्चालन गर्न सरकारले आर्थिक सहयोग गर्दैन । सामान्य स्तरको प्रधानमन्त्री कप प्रतियोगिता आयोजनामा मात्रै राज्यले सहयोग गर्छ । प्रधानमन्त्री कपका लागि गतवर्ष ६० लाख रुपैयाँ बजेट थियो । यसपालि त त्यो पनि घटाएर ४० लाख गरिएको छ । खर्च २ करोड हाराहारी भएको क्यानका अधिकारी बताउँछन् ।  आर्थिक संकटको मारमा सिंगो खेलकुद क्षेत्र परेको छ । निजीक्षेत्रबाट पनि आर्थिक कारण देखाउँदै खेल प्रायोजन एकदमै कम हुन थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । आईसीसीले क्यानलाई वार्षिक १३ लाख डलर दिन्छ । कोचहरूको खर्चदेखि राष्ट्रिय प्रतियोगितासम्म आईसीसीले दिएको उक्त रकम र प्रायोजनबाट क्यानले जुटाउने गरेको छ । क्यानले बेलाबखत महिला तथा पुरुष क्रिकेट खेलाडीको पारिश्रमिक त बढाउँछ तर त्यो पर्याप्त छैन । यस वर्ष पनि क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक बढाएको देखिन्छ ।  सेन्ट्रल कन्ट्र्याकमा रहेका पुरुष खेलाडीको मासिक १० हजार रुपैयाँले तलब वृद्धि गरिएको छ । वृद्धि हुनुअघि मासिक ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडले ४० हजार र सी ग्रेडले ३० हजार रुपैयाँ पाउँथे । अहिले पुरुषतर्फ मासिक ए ग्रेडले ६० हजार, बी ग्रेडले ५० हजार र सी ग्रेडले ४० हजार रुपैयाँ पाइरहेका छन् । नयाँ तलबमान गतवर्ष अप्रिल १ देखि लागू भएको हो । महिलातर्फ सी ग्रेडको मासिक ५ हजार तथा ए र बी ग्रेडको ६ हजार वृद्धि गरिएको छ । यसअघि महिला खेलाडीमा सी ग्रेडले १० हजार, बी ग्रेडले १२ हजार र ए ग्रेडले १५ हजार पाउँथे ।  सन् २०२२ को केन्द्रीय खेलाडी सम्झौताअनुसार पुरुषतर्फ ग्रेड एमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी पर्छन् । ग्रेड बीमा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी छन् । ग्रेड सीमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ पर्छन् ।  महिलातर्फ ग्रेड एमा रुविना क्षत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी पर्छन् । ग्रेड बीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डेलाई राखिएको छ । ग्रेड सीमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल छन् । ‘आईसीसीले दिने रकम खेलाडी, कोच, क्यान स्टाफ, प्रतियोगिता, प्रतियोगितामा विजयीलाई पुरस्कृत गर्नसम्म खर्च गरिन्छ,’ चन्दले भने, ‘सबैभन्दा बढी क्लोज क्याम्पमा खर्च हुने गरेको छ । क्लोज क्याम्पको लागि कतैबाट स्रोत प्राप्त हुँदैन ।’ एशियन कप छनोट खेलमा ६० दिनको क्याम्प लगाएर खेलाइन्छ । सामान्य होटेलमा राख्दा पनि एकजनाको दैनिक खर्च साढे ३ देखि ४ हजार रुपैयाँ पर्छ । खाना र बस्नमै त्यस्ता खेलाडीका लागि क्यानले दैनिक १ लाख रुपैयाँ खर्च गर्नुपर्छ । ६० दिनमा ६० लाख रुपैयाँ नै खर्च हुन्छ । यो खर्च न सरकारको स्रोतबाट हुन्छ न आईसीसीको । यो रकम क्यान आफैले ऋणधन गरेर जुटाउने गरेको चन्द बताउँछन् । उनका अनुसार प्रतियोगिता खर्चभन्दा पनि तयारी खर्चमै क्यानलाई रकम जुटाउन र खर्च पुर्‍याउन हम्मे पर्ने गरेको छ । आईसीसी, एसीसी खेलेबापत हरेक दिन खेलाडीले ५० डलर भत्ता पाउँछन् । खान, बस्नसहित अन्य अतिरिक्त सुविधा र थप प्रोत्साहन रकम क्यानबाट पाउँछन् ।  आईसीसीबाहेक क्यानको अन्य स्रोत प्रायोजक र दर्शकबाट उठ्ने रकम हो । अन्डर १९ का लागि वाइवाईले २५ लाख दिएको छ । सरकारी संस्था, निजीक्षेत्रबाट खेलकुद प्रतियोगितामा खासै प्रायोजन नहुने क्यानका अध्यक्ष चन्दको भनाइ छ । ‘नेपाल टेलिकम, विद्युत् प्राधिकरणमा हामीले धेरैपटक प्रायोजनका लागि प्रोपोजल हाल्यौं तर रेस्पोन्स भएन,’ उनले सुनाए ।  क्रिकेटलाई माथि उठाउने दायित्व सबैको भए पनि सरकारी संस्थाबाटै बेवास्ता भइरहेको छ । ‘क्रिकेटका लागि सरकारले भौतिक संरचना, पूर्वाधार विकासमा जोड दिनुपर्छ,’ चन्द भन्छन्, ‘प्रायोजनका लागि सरकारी संस्थालाई सरकारले निर्देशन दिनुपर्छ । त्यसो भएमात्रै खेलकुदको विकास हुन्छ ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्री क्रिकेटलाई सरकारले नै उपेक्षा गरिरहेको बताउँछन् । उनका अनुसार सरकारले भौतिक पूर्वाधार बनाउनु त पर जाओस् जितपछि घोषणा गर्ने पुरस्कार समेत समयमै दिँदैन ।  ‘पुरस्कार त तुरुन्त पायो भने पो आहा हुन्छ,’ उनी भन्छन्, ‘त्यही पुरस्कार ढिला दिँदा दण्ड दिएजस्तो हुन्छ । यहाँ विगतदेखि नै राज्यले दण्ड दिँदै आएको छ ।’  यसमा सबै सरकार दोषी छन् । शासकहरूको खेलकुदप्रति समर्पण र चासो पटक्कै नभएको यसबाट पनि देखिने उनी बताउँछन् । युवा तथा खेलकुद मन्त्रालय महीनौंदेखि विभागीय मन्त्रीविहीन छ । यसले पनि खेलकुदमन्त्री बन्न समेत कोही नखोजेको जस्तो देखिने उनी बताउँछन् । उनका अनुसार ग्रास रूटको खेलाडीलाई हौसला दिन राज्यले सकेको छैन । राष्ट्रिय खेलाडीलाई क्यानले केही व्यवस्था गरे पनि ती बाहेकका खेलाडीको भविष्यप्रति राज्यको ध्यान जान सकेको छैन ।

सम्बन्धित सामग्री

‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ’

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन्। शनिबार चितवनमा नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ)द्वारा आयोजित प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको जिकिर गरे। उनले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो […]

अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रलाई सहयोगको प्रतिबद्धता

वीरगन्ज– अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता राजस्व अनुसन्धान विभागले व्यक्त गरेको छ । सबल अर्थतन्त्रका लागि राजस्व चुहावट नियन्त्रणसम्बन्धी सरोकारवालासँग छलफलमा विभागका महानिर्देशक नवराज ढुंगानाले देशलाई संकट पर्ने बेलामा नै बिचौलियाहरूले अर्थतन्त्र ध्वस्त पार्ने प्रवृत्ति देखिएकाले यसको पहिचान गरी राजस्व चुहावट नियन्त्रण गर्ने र अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रसँग सहयोगको प्रतिबद्धता व्यक्त […]

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिको भर

अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले प्रभावकारी भूमिका खेल्ने बताएका छन् । वित्त नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउन सरकारसँग स्रोतको पर्याप्तता नभएको भन्दै उनले मौद्रिक नीतिका उपकरणहरुमार्फत केन्द्रीय बैंकले काम गर्न सक्ने बताए । बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०८०’ लाई सम्बोधन गर्दै उनले वित्त नीतिबाट पुँजी परिचालन […]

‘मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको मेला तथा प्रदर्शनी’ कार्यक्रममा उनले विप्रेषण, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्नसके मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् । “मुलुकको अर्थतन्त्र विप्रेषणमात्रै आएर चल्दैन, विप्रेषण, […]

अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : शेखर गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको मेला तथा प्रदर्शनी’ कार्यक्रममा उहाँले विप्रेषण, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्नसके मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् । ‘मुलुकको अर्थतन्त्र विप्रेषणमात्रै […]

‘नेपालको अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक छ’

मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन […]

अर्थतन्त्र चलायमान बनाउन साझेदारी कि समझदारी

मुलुकको अर्थतन्त्र संकटमा छ कि छैन भन्ने दोहोरी कायमै छ । सरकारमा रहेकाहरु अर्थतन्त्र संकटमा नरहेको दावी गरिरहँदा विज्ञहरु त्यसलाई स्वीकार्न तयार छैनन् । त्यस्तै सार्वजनिक भएका तथ्यांकहरुले पनि त्यो कुरा देखाउँदैन । बजारमा तरताको अभाव छ, बैंक तथा वित्तीय संस्थाहरु ऋण दिनसक्ने अवस्थामा छैनन् । ब्याजदर चर्कोसंग बढिरहेको छ । निक्षेप तान्न मुद्दतीमा १५ …

‘अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’

काठमाडौं, १५ मंसिर । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए […]

राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र आवश्यक : जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् । शर्माले नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका हुन् । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । ‘उत्पादनमा केन्द्रित भए मात्र […]