काठमाडौं : बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरु गरिएको छ।भैरव च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरु गरेको हो।उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ।गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो। यसको सेवनले रोग प्रतिर