२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाले थाल्यो व्यावसायिक उत्पादन

जिल्लाको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरू भएको छ । निर्माण शुरू भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको हो ।  कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन शुरूआत गरेको जनाएको छ ।  तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा शुरू भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असार भित्रै उत्पादन दिने दाबी गरेको थियो । भूकम्प नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, ...

सम्बन्धित सामग्री

थप विद्युत् निर्यातको अनुमति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ । अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै अब प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ ।

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुचारु

पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सुचारु भएको छ ।

बाढीले क्षतिग्रस्त तल्लो मोदी जलविद्युत् आयोजना सुचारु

पर्वत । १० मेगावट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरेको छ । गत भदौ १७ गते रातीको वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति भएपछि उत्पादन ठप्प थियो । झन्डै तीन महिनापछि जलविद्युत् आयोजनाको संरचना मर्मत गरिएसँगै उत्पादन सुचारु भएको हो । कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित उक्त आयोजनाको विद्युत्गृह, इन्टेक, नहर र टावरमा बाढीले क्षति पुर्‍याएको थियो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तर प्रयासपछि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावरका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पुर्‍याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायत संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादन गृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी १ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक कम्पनीले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो । निर्देशक गौतमका अनुसार बाढीपहिरोका कारण आयोजनाको नोक्सान मात्रै ५ करोडभन्दा बढी भएको छ । अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप २ करोड आम्दानी घटेको उनले बताए । आयोजना मर्मत पूर्ण रूपमा अझै नसकिएको उनको भनाइ छ । यसअघि जेठ ३१ गते राती सुन्दरे खोलामा आएको बाढीले नहर पुरिँदा झन्डै एक महिनासम्म आयोजनाले विद्युत् उत्पादन गर्न सकेको थिएन ।