नवलपरासी। धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने बताएका हुन्। फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थलगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन सुरु गर्न आवश्यक बजेटसमेत विनियोजन गरिएको बताइएको छ।