सोलुखुम्बुकाे मिड सोलु जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

सोलुखुम्बु - सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजना (मिड हाइड्रोपावर) ले विद्युत् उत्पादन सुरु गरेको छ । गएकाे मंसिर २५ गतेबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि शुक्रवारदेखि व्यावसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादनका लागि आयोजनालाई मौखिक स्वीकृति दिए पनि पत्र भने सोमवार भाेलि प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवम् प्लान्ट इञ्चार्ज अनिश खड्काले जानकारी दिनुभयाे ।  उहाँका अनुसार ...

सम्बन्धित सामग्री

धुलो दूध उत्पादन हुने भएपछि किसानमा खुसी

दूग्ध विकास बोर्डले अबको केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । बागमती प्रदेश सरकारको रु …

एक वर्षमा २० आयोजनाबाट विद्युत् उत्पादन सुरू, थपियो ५ सय मेगावाट

१ असोज, काठमाडौं । एक वर्षको अवधिमा १ मेगावाटभन्दा ठूला २० वटा जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेका छन् । विद्युत् विकास विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) ०७९/८० मा राष्ट्रिय प्रसारणमा जोडिएका यी आयोजनाको कुल क्षमता ४६६ मेगावाट छ । विद्युत् विकास विभाग महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार यी कम्पनीका प्रवर्द्धकलाई यस आवमा विभागले सम्मानसमेत गरेको […]

निजी क्षेत्रकै ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा

८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाबाट व्यावसायिक   उत्पादन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंमा विशेष समारोहबीच आयोजना उद्घाटन गरेका छन् । प्रवद्र्धक कम्पनी साहस ऊर्जा लिमिटेडले गत...

न्यादीबाट व्यावसायिक विद्युत् उत्पादन सुरु

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत् शुल्क पाउने गरी मंगलबार...

न्यादी जलविद्युत आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन

लमजुङ – लमजुङको ङादीखोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। परीक्षण उत्पादन गरिसकेको आयोजनाले वैशाख अन्तिम साताबाट व्यावसायिक उत्पादन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। उनले भने परीक्षण उत्पादन सकिएपछि वैशाख अन्तिम साताबाट प्राधिकरणलाई बिजुली बिक्री गरिनेछ। आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको […]

न्यादीको परीक्षण उत्पादन सुरु

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु गरिएको छ । केही दिनभित्रै व्यावसायिक उत्पादन गर्ने योजनासहित नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेका...

तल्लो मोदी जलविद्युत आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

पर्वत – पर्वतको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरुवात गरेको जनाएको छ । तीन अर्ब […]

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा, साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो । ‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन […]

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो । ‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन गर्न शुरू गर्न लागेका हौं,’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले भने । प्रवक्ता न्यौपानेका अनुसार साउन १८ गतेदेखि चौथो युनिटबाट पनि परीक्षणको रूपमा विद्युत् उत्पादन शुरू भएको छ । चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ । यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै (६ ओटै) युनिट सञ्चालनमा आउने आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेशनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केवर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सब–स्टेशनसम्म पु¥याएर राष्ट्रिय प्रणालीमा जोडिएको छ । खिम्ती सबस्टेशनको काम पनि करीब सकिने अवस्थामा पुगेको प्रवक्ता न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सबै युनिट सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

मिस्ट्री खोलाको ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडियो

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। निजी क्षेत्रको लागानीमा निर्माण भएको उक्त आयोजनाबाट उत्पादित विद्युत् १५ दिनसम्म परीक्षणको रुपमा उत्पादन भएपछि व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ।माउन्टेन इनर्जी नेपालले निर्माण गरेको उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो। आयोजनाका आवासीय इञ्जिनियर दिवाकर