काठमाडौं : वैदेशिक रोजगारीमा गएका महिला कामदार असुरक्षित भएको भन्दै सरकारले २०७३ देखि घरेलु कामदारलाई प्रतिबन्ध लगायो। करिब ६ वर्ष पुग्नै लाग्दा पनि सरकारले महिला घरेलु कामदारका लागि लगाएको प्रतिबन्ध फुकुवा गर्न सकेको छैन।२०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध फुकुवा नहुँदै यता कतारले घरेलु कामदारका लागि आवेदन आव्हान गरेको छ। कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गर्द