म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजेनस्थित सौरबोट क्षेत्रमा ३५ वर्षदेखि स्थानीयवासीको १ सय १२ रोपनीभन्दा धेरै जग्गा बाँझो छ । खेतीयोग्य जमिन भएर पनि स्थानीयवासीले अन्नबाली लगाउन छाडेपछि अहिले जमिन बाँझै बनेको हो ।
लेकबाट बेसीतर्फ बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा गाईगोरु पाल्न छाड्नु र लेकाली अन्नबाली लगाउन छाडेपछि खेतीयोग्य जमिन बाँझो भएको छ । सौरबोट क्षेत्रमा एकजना स्थानीय व्यक्तिको न्यूनतम पाँच रोपनीदेखि १५ रोपनीसम्म जग्गाजमिन छ । तर खेती गर्न छाडेका कारण अहिले खेतीयोग्य जमिन सबै खाली...