साढे १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझै, खेतीपाती गर्नैपर्ने नीति ल्याउँदै सरकार

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन् ।   अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए ।  कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा ८ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।  मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए । खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले त्यसलाई अगाडि बढाउन कानुन र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए । रासस

सम्बन्धित सामग्री

पहिरोले खेतीयोग्य जमिन बन्यो बगर

म्याग्दी– पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेको खेतीयोग्य जमिन बगर बनेको छ । वडा नम्बर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते वर्षात्पछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घरपरिवार विस्थापित र सँयौ रोपनीमा लगाएको खेती नष्ट गर्दै जमिनलाई बगर बनाएको पहिरोबाट विस्थापित […]

सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै

सिन्धुली । सिन्धुलीमा कमलानदीले खेतीयोग्य जमिन कटान गर्न थालेको छ । सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ । नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गराउन थालेपछि स्थानीयले समस्याको दिगो समाधानका लागि सरकारी निकायसँग अनुरोध गरेका छन् । कमला नदीले २०४० सालदेखि नै कमलाखोच क्षेत्रको […]

खेतीयोग्य जमिन बाँझिँदै गएपछि खाद्य सुरक्षामा चुनौती

दुई वर्ष लगातारको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भए। ०७८ र ०७९ को असोज–कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोले सिँचाइ कुलो (नहर) केही पुरिए। केही बाढीपहिरोले बगाए। जलवायु परिवर्तनका कारण खडेरी...

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

कञ्चनपुर - पछिल्लो केही वर्षयता बसाइँँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कुल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइँँ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन बस्तीमा रुपान्तरण हुँद...

खेतीयोग्य जमिन, पहाडमा बाँझो, तराईमा मासिँदै

अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका …

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ। अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडी जिल्लामा पनि...

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी, ८ पुस । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको […]

खेतीयोग्य जमिन मासेर बस्ती विस्तार

म्याग्दीको बेनी नगरपालिकास्थित मिलनचोकका नरबहादुर थापा बगरफाँटमा रहेको लटरम्मै धान फल्ने खेतको बीचमा पक्की घर बनाएर  बस्न थालेका छन् । उनका जेठाबुबा खड्गबहादुर थापाले पनि पाखोमा रहेको घर भत्काएर खेतको फाँटमै घर बनाएका छन्।थापाद्वयका जस्तै म्याग्दीका धेरै ठाउँमा खेतीयोग्य जमिन मासेर घर निर्माण गर्ने क्रम तीब्र बनेको छ । उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन पनि नासिँदै गएको छ । वडानं ४स्थित सिङ्गा,वडानं १ स्थित रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत सडकको पहुँ

म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढको छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या झन् तीब्र भएकाले गाउँ गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको हो । युवा जनशक्ति सबै विदेश जाने र घरमा बसेका बूढाबूढीले काम गर्न नसक्दा जमीन बाँझै राख्नु पर्ने अवस्था आएको हो । बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि […]

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै बिदेसिनेको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि बिदेसिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो।...