काठमाण्डाै - राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लाका चौबीसवटा पालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ ।आयोगले आज सूचना निकालेर सम्बन्धित पालिकाका वडाका तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको हो । आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचनामा भनिएको छ ।कोशी प्रदेशमा उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा निवेदन दिन आयोगको आग्रह छ ।यस्तै, मधेस प्रदेशमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका, सिरहाको नवराजपुर ...