भूमि आयोगद्वारा दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौं, १ फागुन । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ । आज (मंगलबार) सूचना जारी गर्दै आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेश गर्न आग्रह गरेको हो । आयोगले […]

सम्बन्धित सामग्री

राष्ट्रिय आयोगले माग्याे भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन

काठमाडौं । भूमि आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन पनि भनेको छ । यसपटक आयोगले ७ प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश-१ का सोलुखुम्बु […]

सुकुम्बासीलाई जग्गा दिन १५९ स्थानीय तहमा दरखास्त आह्वान

काठमाडौं : राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नयाँ सूचना जारी गरेको छ।आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि बिहीबार सूचना जारी गरेको हो।सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्न अनुरोध गरिएको छ।यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्

झापामा आगामी तीन महीनामा सात हजारलाई धनीपूर्जा दिने तयारी

भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महीनामा सात हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने भएको छ ।           भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सरकारले गत वैशाखमा केन्द्रमा र त्यसपछि जिल्लामा आयोग गठन गरेको थियो । जिल्लामा धनीपूर्जा पाइसकेर जुनसुकै कारणले मालपोतमा श्रेस्ता कायम हुन नसकेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पहिलो चरणमा धनीपूर्जा वितरण गरिने आयोगका सदस्य मदन अधिकारीले जानकारी दिनुभयो ।           आयोगले हालसम्ममा श्रेस्ता कायम हुन नसकेका दुई हजार ११४ वटा निवेदन सङ्कलन गरिसकेको र यसै सातादेखि त्यस्ता धनीपूर्जाको छानविन थालिने उहाँले जानकारी दिनुभयो । “विगतका जुनसुकै आयोगले दिएका धनीपूर्जाहरु मालपोतमा स्रेस्ता कायम हुन सकेका छैनन् भने उहाँहरुको निवेदन धमाधम लिइरहेका छौँ”, उहाँले भन्नुभयो, “अब छिट्टै त्यस्ता धनीपूर्जाको छानविन गरेर स्रेस्ता कामय गराउन मालपोत कार्यालयमा लेखी पठाउने छौँ ।”           जिल्लामा रहेको आयोगले अर्को चरणमा जग्गासम्बन्धी पुरानो समस्याका रुपमा रहेको महारानीझोडाको सुकुम्बासी समस्याको समाधान गरी धनीपूर्जा वितरण गर्ने भएको छ । गौरादह नगरपालिका– ४ र ५ मा करीब पाँच हजार सुकुम्बासीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाउन सकेका छैनन् । आगामी असारभित्रै त्यहाँका सबै बसोबासीलाई धनीपूर्जा वितरण गरिने सदस्य अधिकारीले जानकारी दिनुभयो ।

आयोगले माग्यो भूमिहीन बसोबासीबाट निवेदन

रुकुम-भूमिसम्बन्धी समस्या हल गर्न गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन बसोवासीहरुलाई निवेदन दिन आह्वान गरेको छ । शुक्रबार ३५ दिने सार्वजनिक सूचना आह्वान गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई निवेदन दिन सूचना निकालेको हो । आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न लक्ष्य रहेको छ । आयोग […]