भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।आफूले आबाद कमोत गरेको जग्गाको