जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गए राति साढे नौ बजेको समयमा जिल्लाको कुशे गाउँपालिका-८ को दल्लेनामा टहरामाथिबाट खसेको पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको छ...