चार जर्मन नागरिकसहित ६ पर्यटकको हेलिकोप्टरबाट उद्धार

काठमाडौं : मुक्तिनाथ यात्रामा निस्किएका चार जर्मन नागरिकसहित ६ जनालाई डोल्पाको याकखर्कबाट उद्धार गरिएको छ।असोज १७ गते  दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ जान हिँडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइडको हेलिकोप्टरबाट उद्धार गरिएको हो।डोल्पाको याकखर्क पुगेर अलपत्र परेको जानकारी पाएपछि मुस्ताङ प्रहरीले उनीहरूको उद्धार गरेको हो।सोलुखुम्बुका जाङ्बु शेर्पा र दावा शेर्पासहित कार्तिक ४ देखि सम्पर्कमा नरहेका पर्यटकहरु आज बिहान याकखर्कमा रहेको भन्ने जानकारीका आधारमा हेलिकोप्टरबाट उद्धार ग