व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

सिमकोट – दुुई दिनदेखि सुुत्केरी व्यथा लागेकी गर्भवती महिलाको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउने प्रयास सफल हुन नसकेपछि ती गर्भवती महिलालाई हेलिकोप्टरबाट प्रदेश अस्पतालमा उद्धार गरिएको हो। ताँजाकोट गाउँपालिका –५ की दिलमाया शाहीलाई प्रसव सुुत्केरी व्यथा लागेका कारण हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिकाको मैला स्वास्थ्य चौकीका संयोकज धनराज ढकालले बताए। […]

सम्बन्धित सामग्री

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – रक्तस्रावले थला परेकी गर्भवती महिलाको सुत्केरी भएको एक घण्टामै हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी हुनुभन्दा अगाडिदेखि नै रक्तस्राव भइरहेकी गर्भवतीको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी भएपछि झनै उच्च रक्तस्राव हुन थालेपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिँदा हेलिकोप्टरबाट आइतबार उद्धार गरिएको हो। ताँजाकोट गाउँपालिका– ४ की ४३ वर्षीया बाँचकला ढकाल जैसीलाई उच्च रक्तस्रावका कारण […]

छतबाट लडेर घाइते भएकी शाहीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – घरको छतबाट लडेर गम्भीर घाइते भएकी एक जना महिलाको अहिले बेलुका नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। घाइते महिलाको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतका लागि हेलिकोप्टरले उद्धार गरेको हो। खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार खार्पुनाथ गाउँपालिका– ४ को नल्न गाउँकी ३४ वर्षीया बिमा शाही शुक्रबार घरको छतबाट लडेर गम्भीर […]

सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ निवासी वर्ष १९ की मनपुरा मल्ल हमालको आइतबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिन लगातार व्यथा लागेर सुत्केरी हुन नसकेकी मल्लको हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी […]

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

दार्चुलाबाट एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। व्याँस गाउँपालिका–६ निवासी ३० वर्षीया भागरथी बडूको हेलिकाेप्टरबाट उद्धार गरिएको हो।  बडूको गर्भमा जुम्ल्याहा बच्चा थिए। एक बच्चालाई जन्म दिएको र अर्कोलाई जन्माउन...

बाजुरामा एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकाबाट १ की गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी पवित्रा कडाराको हेलिकोप्टरबाट उद्धार गरिएको हो । १८ वर्षिया कडारालाई हेलिकोप्टरबाट सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताउनुभयो । सुत्केरी ब्यथा लागेपछि नजिककै स्वास्थ्य सस्थामा लगिएको भए […]

उच्च रक्तश्राव भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार हुन सकेन

सिमकोट – पाँच दिनदेखि उच्च रक्तश्राव भइरहेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार हुन सकेन। चार दिनदेखि ती गर्भवतीको हेलिकोप्टरबाट उद्धार गर्न खोजिए पनि खराब मौसमका कारण हेलिकोप्टर कालिकोटबाट हुम्ला आउन नसकेपछि उद्धार नभएको हो। सुत्केरी हुने समय नपुुगे पनि लगातार रगत बगिरहेका कारण ज्यानको जोखिम बढ्ने भन्दै स्वास्थ्यकर्मीको सुुझावमा गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो। […]

अछाममा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

अछाम – अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक,  ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्‍याएका थिए। स्वास्थ्य […]

अछाममा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक,  ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्‍याएका थिए । स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत

चार जर्मन नागरिकसहित ६ पर्यटकको हेलिकोप्टरबाट उद्धार

काठमाडौं : मुक्तिनाथ यात्रामा निस्किएका चार जर्मन नागरिकसहित ६ जनालाई डोल्पाको याकखर्कबाट उद्धार गरिएको छ।असोज १७ गते  दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ जान हिँडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइडको हेलिकोप्टरबाट उद्धार गरिएको हो।डोल्पाको याकखर्क पुगेर अलपत्र परेको जानकारी पाएपछि मुस्ताङ प्रहरीले उनीहरूको उद्धार गरेको हो।सोलुखुम्बुका जाङ्बु शेर्पा र दावा शेर्पासहित कार्तिक ४ देखि सम्पर्कमा नरहेका पर्यटकहरु आज बिहान याकखर्कमा रहेको भन्ने जानकारीका आधारमा हेलिकोप्टरबाट उद्धार ग

स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार गरिएको छ। गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको छ। हेर्नुहोस् फोटो