काठमाडाैं : लामो प्रयासपछि सत्तारूढ नेकपा एमालेमा एकता भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो। दुवै पक्षका नेताहरूको कार्यदल सम्मिलित बैठकले आइतबार साँझ अबेर सहमति जुटाएको एक नेताले जानकारी दिए। आज बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले १२ घण्टापछि सहमति जुटाएको हो।एकता सहमतिको पहिलो बुँदामा 'पार्टीमा देखिएका अन्तरविरोध पार्टीभित्रै विधिसम्मत ढंगले टुंगोमा पुर्याउन सहमत हुनेछाैं' उल्लेख छ। त्यस्तै २०७५ जेठ