काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनेगरी १० बुँदे सहमति गरेको छ। आन्तरिक विवाद मिलाउन आइतबार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरूले अन्ततः सहमति जुटाउन सफल भएका हुन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको नेता भीमबहादुर रावलले जानकारी दिए। पार्टी प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको जानकारी दिए। पार्टीको एकत