एमालेभित्रको जारी विवाद समाधान गर्न १० बुँदे सहमति भएको छ । एमालेको विवाद समाधान गर्न गठित कार्यदलको आइतबार ११ घण्टा लामो समय बसेको बैठकले १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए ।
सहमतिअनुसार पार्टीभित्रको कटुतापूर्ण अवस्थालाई विधिसम्मत ढंगले समाधान गर्दै अघि बढिने भएको छ ।
यस्तै पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ जेठ ३ को अवस्थामा फर्किने सहमति गरिएको छ ।
यसैगरी माओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई तत्कालीन न...