मन्त्री बनेको साढे दुई महिनापछि गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्को बैठकबाट कार्यसम्पादन नियमावली पारित गराएकाले आज भोलिमा आफूसँग रहेको आन्तरिक मामिला मन्त्रालय विश्वकर्मालाई सुम्पन लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री पोखरेलको मातहतमा रहेको मन्त्रालय अलग गरेर विना विभागीय मन्त्री विश्वकर्मालाई जिम्मेवारी दिनका लागि कार्यसम्पादन नियमावलीको अनुसूच