गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। उनले आज पदभार ग्रहण गरेका छन्। बस्नेत नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित हुन्।
नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका लेखबहादुर थापा मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका हरिबहादुर चुमानले बुधबार राजनीनामा दिएका थिए। राजीनामापछि मन्त्रालय रिक्त भएको थियो। रिक्त भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी मुख्यमन्...